Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

कार्यसम्पादन मूल्यांकनमा काठमाडौंपछि वीरगन्ज महानगरकाे स्थान

वीरगन्ज,९फाल्गुन:कार्यसम्पादन मूल्यांकनमा देशभरका स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकापछि वीरगन्ज महानगरपालिकाले अंक प्राप्त गरेकाे छ।

प्रदेश र स्थानीय सरकारहरूको आर्थिक वर्ष २०७९/८० को प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक घोषणा अनुसार काठमाडौं महानगरपछि वीरगन्ज महानगरले तेस्रो स्थान हात पारेको हो ।

विभिन्न १७ वटा सूचकमा आधारित भएर उक्त मूल्यांकन गरिएको हो ।

उक्त मुल्यांकनमा वीरगन्ज महानगरपालिकाले ३३.४९ अंक ल्याएको छ ।भरतपुर महानगरपालिकाले सबैभन्दा धेरै ५६.२९ अंक ल्याएको छ ।

दोस्रो स्थानमा रहेको काठमाडौँ महानगरले ३९.०२ अंक प्राप्त गर्दा विराटनगर महानगरले ३२.८५, ललितपुर महानगरले २५.१८ र पोखरा महानगरले २०.७४ अंक पाएका छन् ।

Related posts

बीमा रकम नपाएपछि बाराका किसानहरु आन्दोलित

MadhesKhabar

उपेन्द्र यादव सामु कार्यकर्ताको आक्रोश : एमालेसंगको गठबन्धनले जसपालाई घाटा भयो

MadhesKhabar

चिसो बढेसंगै पर्साको ग्रामीण भेगमा बिरामीको संख्यामा बृद्धि

MadhesKhabar

Leave a Comment