Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

कार्यसम्पादन मूल्यांकनमा काठमाडौंपछि वीरगन्ज महानगरकाे स्थान

वीरगन्ज,९फाल्गुन:कार्यसम्पादन मूल्यांकनमा देशभरका स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकापछि वीरगन्ज महानगरपालिकाले अंक प्राप्त गरेकाे छ।

प्रदेश र स्थानीय सरकारहरूको आर्थिक वर्ष २०७९/८० को प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक घोषणा अनुसार काठमाडौं महानगरपछि वीरगन्ज महानगरले तेस्रो स्थान हात पारेको हो ।

विभिन्न १७ वटा सूचकमा आधारित भएर उक्त मूल्यांकन गरिएको हो ।

उक्त मुल्यांकनमा वीरगन्ज महानगरपालिकाले ३३.४९ अंक ल्याएको छ ।भरतपुर महानगरपालिकाले सबैभन्दा धेरै ५६.२९ अंक ल्याएको छ ।

दोस्रो स्थानमा रहेको काठमाडौँ महानगरले ३९.०२ अंक प्राप्त गर्दा विराटनगर महानगरले ३२.८५, ललितपुर महानगरले २५.१८ र पोखरा महानगरले २०.७४ अंक पाएका छन् ।

Related posts

सरकारले वीरगन्ज चिनी मिल चलाउछ,निजगढ विमानस्थल पनि बनाउछ – अर्थमन्त्री शर्मा

MadhesKhabar

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

MadhesKhabar

वीरगन्जको नारायणी क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको ‘पिच’ निर्माण गरिँदै

MadhesKhabar

Leave a Comment