Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलन बढ्यो, ७ महिनामा ९४ अर्ब ५२ करोड संकलन

वीरगन्ज,९फागुनःदेशको कूल अन्र्तराष्ट्रिय कारोबारको ७० प्रतिशत हिस्सा अगोट्ने वीरगन्ज नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयमा राजस्व संकलन बढेको छ । वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो ७ महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो तथ्यांक गएको आर्थिक वर्षको यही अवधिमा संकलित रकम भन्दा ७ अर्ब ९५ करोड रुपैयाँले बढी हो । वीरगन्ज भन्सार कार्यालयले गत साउनदेखि माघसम्म ७ महिनामा १ खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चा पदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि बढेको हो ।वीरगन्ज भन्सार कार्यालयलाई भन्सार विभागले चालू आर्थिक वर्षमा २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

 

Related posts

वीरगन्ज महानगरले यतिम खानाका बालबालिकालाई बाँड्याे सिरक

MadhesKhabar

पोखरियामा ५० जना गर्भवती महिलाहरुलाई पोषण सामाग्री र औषधी वितरण

MadhesKhabar

बारामा एकैदिन ३३२ जना फरार अभियुक्त पक्राउ

MadhesKhabar

Leave a Comment