Madhes Khabar
स्थानिय हेडलाइन

बारामा एकैदिन ३३२ जना फरार अभियुक्त पक्राउ

मधेसखबर
वीरगन्ज,१० माघ : बारामा विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भइ फरार रहेका ३३२ जना अभियुक्तलाई एकै दिन पक्राउ गरेको छ ।

विभिन्न अपराधमा अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारवाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका ३३२ जना अभियुक्तलाई सोमबार एकै दिन जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताए ।

कर्तव्य ज्यान, जबर्जस्ती करणी, लागुऔषध लगायत जघन्य तथा बहुविवाह, चेक अनादर, अंशबण्डा, सम्बन्ध विच्छेद, कुटपिट लगायत मुद्दामा बारा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ३३२ जनालाई सोमबार एकै दिन पक्राउ गरिएको बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा बैंकिङ कसुर ठगी मुद्धामा ६ वर्ष ५ महिना १० दिन सजाय पाएका कलैया १ बस्ने विजय दास देखि हातहतियार तथा खरखजना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय पाएका निजगढका बन्सु चौधरी र बैकिङ्ग कसूर मुद्दामा ७ लाख जरिवाना सजाय भएका पचरौता नगरपालिका २ का एजाजुल हक अन्सारी लगायतका रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी उपरिक्षक बोगटीका अनुसार फरार प्रतिवादी पक्राउ गर्नका लागि १५ दिन पहिलेबाट निगरानी गरेर बारामा जिल्ला प्रहरी कार्यालय मातहताका ५१ वटै युनिटबाट प्रहरी परिचालन गरिएको थियो ।

अदालतबाट विभिन्न अपराधमा कैद तथा जरिवाना फैसला तोकिएका व्यक्ति समाजमा खुल्ला रुपमा रहदाँ शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरेपछि पनि गाँउघरा खुलेयाम घुँमिरहँदा समाजमा नराम्रो सन्देश जाने, अपराधीहरुको मनोबल बढेर थप अपराध गर्न प्रोत्साहित हुने हुँदा फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउन अभियान नै सन्चालन गरिएको प्रहरी उपरिक्षक बोगटीले बताए ।

यसअघि आफू स्याङ्जामा प्रहरी प्रमुखका रुपमा कार्यरत रहदा त्यहाँ पनि एकै दिन १११ जना फरार अभियुक्तलाई पक्राउ गरेको पनि बोगटीले बताए ।

फक्राउ परेका ३३२ जना फरार प्रतिवादी मध्ध्ये ३६ जनालाई कैद भुक्तानका लागि वीरगन्ज कारागारमा पठाइएको उनले बताए । बाँक २९६ जना भने अदालतको फैसला अनुसारको बिगो, जरिवाना भुक्तानी गरेर घर फर्किएको बोगटीले जाानकारी दिए ।

Related posts

घडिअर्वाको रामजानकी मन्दिर फेरि पूजारीको कब्जामा पर्न नदिन स्थानीयबासी एकजुट,तदर्थ समिति गठन

MadhesKhabar

प्रचार प्रसारको कमीले पर्सा राष्ट्रिय निकुञ्ज ओझेलमा

MadhesKhabar

दशैंका बेला मधेस प्रदेशमा भएका सवारी दुुर्घटनामा २९ को मृत्यु , ३१३ घाइते

MadhesKhabar

Leave a Comment