वीरगन्ज,१३ पुस : गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति र बिरामीको उपचारमा सहयोग गर्न अक्षय कोष स्थापनाका लागि एक दाताले ५ लाख ५५ हजार रुपैयाँ चित्रगुप्त समितिलाई प्रदान गरेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १ का एक परिवारले चित्रगुप्त समिति वीरगन्जलाई अक्षय कोष स्थापनाका लागि उक्त रकम सहयोग प्रदान गरेका हुन् । दासले चित्रगुप्त संरक्षक परिषदका पुर्व अध्यक्षसमेत रहिसकेका स्वर्गीय कुलानन्द लाल दासको स्मृतिमा उनकी पत्नी श्रीमती रम्भा देवी दास तथा छोराहरु सुभाष कुमार दास र मनिष दासले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका हुन् ।
दाता परिवारको तर्फबाट मनिष दास र हेमा कुमारी दासले चित्रगुप्त समिति वीरगन्जका अध्यक्ष महेश दास र कोषाध्यक्ष डा आलोक चन्द्र दत्तलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
स्व.प्रा. डा. कुलानन्द लाल दासका सुपुत्र मनिष दासले आफना बुबाको स्मृतिमा अक्षयकोष स्थापना गरि चित्रगुप्त समिति मार्फत गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर बिरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन आँफ्नो परिवारले सहयोग गरेको बताए ।

