Madhes Khabar
शिक्षा समाज

दलित बालबालिकाको शिक्षामा पहुँच बढाउनका लागि आर्थिक सहयोग


माधुरी महतो
वीरगञ्ज , साउन २५ गते । दलित समुदायका बालबालिकालाई निशुल्क ट्युसन कक्षा संचालन गर्न विदेशमा बस्ने एक नेपालीले आर्थिक सहयोग गरेका छन् ।

दलित बालबालिकाको शिक्षामा पहुँच ,निशुल्क ट्युसन कक्षा केन्द्र संचालन , दलित बालबालिकाका लागि शैक्षिक सामाग्रीहरु व्यवस्थापन तथा दलित समुदायको सकारात्मक रुपान्तरणमा सहयोग हुने उद्देश्यले अमेरीकामा बस्ने इन्ट्रा नेशनल वेयलफेर एण्ड सपोर्ट, फाउण्डेशन अमेरीकाको सिएफओ मेग सुवेदीले एक लाख रुपैया आर्थिक सहयोग गरेका हुन् ।

अमेरीका बस्ने सामाजिक अभियन्ता समेत रहेका सुवेदीले अति विपन्न ,दलित समुदाय तथा दीनदुखीहरुलाई निरन्तर सहयोग गर्दै आएका छन् ।
उनको सहयोगमा पर्सा जिल्लामा दलित बालबालिकाका लागि कापि कलम , शैक्षिक सामग्रीहरु, विधालय पोशाक , स्कुल व्याग समेत वितरण गरीएको पिस फर दलित फाउण्डेसनका अध्यक्ष एव् दलित अभियन्ता मनोज रामले बताए ।


सामाजिक अभियन्ता सुवेदीले गरेका आर्थिक सहयोगमा एक मिर्गौला पीडित बालकको उपचार पनि गर्न सफल भएको अभियन्ता रामले जानकारी दिए ।

सुवेदीले आफ्नो संस्था पहल इन्ट्रा नेशनल वेयलफेर एण्ड सपोर्ट फाउण्डेशन अमेरीकाको सहयोगमा पर्सा जिल्लामा कोरोना भाईरसको माहामारीका बेला भएको लकडाउनमा करीब ८ सय घरधुलाई चामल , दाल र नुन वितरण गरेका थिए ।

पर्सा जिल्लामा दलित समुदायका बालबालिकाहरु अझ पनि शिक्षाबाट वन्चित रहेका छन् ।

 

Related posts

महिला सेवाग्राहीको बढी चाप हुने वीरगन्जका दुई सरकारी कार्यालयमा स्तनपान कक्ष सञ्चालन

MadhesKhabar

वीरगन्जको बसडिल्वामा दलितका लागि सामुदायिक भवन निर्माणको काम सुरु

MadhesKhabar

गहवामाई मन्दिरमा भक्तजनकाे सेवामा खटिने स्वयंसेवकलाई अनलाइन न्युज दैनिकले दियाे ५० वटा टी-सर्ट

MadhesKhabar

Leave a Comment