Madhes Khabar
समाज

गहवामाई मन्दिरमा भक्तजनकाे सेवामा खटिने स्वयंसेवकलाई अनलाइन न्युज दैनिकले दियाे ५० वटा टी-सर्ट

वीरगन्ज,१८असाेज:वीरगन्जको गहवामाई मन्दिरमा दसैंमा भक्तजनहरुकाे सेवा खटिने स्वंयसेवकहरुका लागि गहवा युवा क्लबलाई अनलाइन न्युज दैनिकले टि-सर्ट सहयाेग गरेकाे छ।

शुक्रबार साँझ अनलाइन न्युज दैनिकका प्रतिनिधि राहुल कुमार गुप्ताले गहवा युवा क्लबका प्रतिनिधि सोनु ठाकुरलाई ५० थान टी-सर्ट हस्तान्तण गरेका हुन् ।

विहिबार घटस्थापनाकै दिनदेखि वीरगन्जमा दसैं मेला सुरु भएको छ। वीरगन्जमा दशैंको नवरात्र सुरु भएकै दिनदेखि दशहरा मेला लाग्ने गरेको छ।

दसैंकाे मेला र गहवामाईकाे दर्शनका लागि लाखौंको संख्यामा आउने भक्तजनकाे सेवामा गहवा युवा क्लबसाथै विभिन्न क्लब र संस्थाका युवायुवतीहरु स्वयंसेवकका रुपमा खटिन्छन् ।

तीनै स्वयंसेवकका लागि टि-सर्ट हस्तान्तरण गरिएको अनलाइन पत्रीकाका प्रतिनीधि राहुल गुप्ताले बताए ।

Related posts

चुनावका बेला अत्याधुनिक हतियार सहित दुइ भारतीय युवक पक्राउ

MadhesKhabar

वीरगन्जका दुई स्थानमा आयोजित कार्यक्रममा ११८ जनाले गरे रक्तदान

MadhesKhabar

माओवादी नेता लाल बिहारीले २० जनाकाे माेतियाबिन्दुकाे निशुल्क शल्यक्रिया गराइ दिने

MadhesKhabar

Leave a Comment