Madhes Khabar
समाज

चुनावका बेला अत्याधुनिक हतियार सहित दुइ भारतीय युवक पक्राउ

हतियार सहित पक्राउ परेका दुइ भारतीय युवक । तस्वीर : सशस्त्र प्रहरी

मधेसखबर
वीरगन्ज , २४ बैशाख :
बैशाख ३० को निर्वाचनमा सुरक्षा चुनौती रहेको बेला बाराको सिम्रौनगढबाट शनिबार अत्याधुनिक हतियार सहित दुइ जना भारतीय पक्राउ परेका छन् ।
भारतबाट हतियार लिएर मोटरसाइकलमा सवार भइ नेपाल प्रवेश गरेका दुइ भारतीय युवकलाइ सशस्त्र प्रहरीले सिम्रौनगढबाट पक्राउ गरेको हो ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरीया देखि कचोर्वा जाने सडकबाट शनिबार बिहान १० बजे सशस्त्र प्रहरीले अटोमेटिक (स्वचालित) चाइनीज पेस्तोल , म्याग्जीन र गोली सहित दुइ भारतीय युवकलाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतको बिहार प्रान्तको मोतीहारी जिल्लाका २३ वर्षिय पप्पु कुमार यादव र बिहारकै भेलावाका २२ वर्षिय अकलेश कुमार सिंह रहेका छन् ।
सिमावर्ती भारतीय गाँउबाट बीआर ०१ सि १३१६१ नम्बरको मोटरसाइकलमा सवार भइ नेपाल प्रवेश गरेका दुवै जनालाइ सशस्त्र प्रहरीले रोकेर चेकजाच गरेको थियो । त्यसक्रममा उनिहरुको साथबाट चाइनिज पेस्तोल १ थान , त्यसमा लाग्ने २ राउण्ड गोली , म्याग्जनी २ थान , कटुवा पेस्तोल १ थान र त्यसको दुइ राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
पेस्तोल र गोली सहित पक्राउ परेका दुवैलाइ आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमाा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Related posts

मधेसका दलितका समस्या कसले सुन्ने ?

MadhesKhabar

मानवसेवा आश्रम अभिभावक परिवार पर्साको संयोजकमा हरि गौतम

MadhesKhabar

वीरगन्जका मस्जिदहरुमा महानगरपालिकाले दियाे गिजर मेशीन

MadhesKhabar

Leave a Comment