Madhes Khabar
समाज

वीरगन्जको बसडिल्वामा दलितका लागि सामुदायिक भवन निर्माणको काम सुरु

वीरगन्ज,३माघःवीरगन्ज महानगरपालिका वडा नम्बर २९ बसडिल्वास्थित दलित वस्तीमा सामुदायिक भवन निर्माण गर्न थालिएको छ ।वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोग र पहलमा बसडिल्वामा दलित समुदायका लागि सामुदायिक भवन निर्माण गर्न थालिएको हो ।

बिहीबार वीरगन्ज महानगरका मेयर राजेशमान सिहको विशेष उपस्थितीमा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले उक्त भवनको शिलान्यास गरेका हुन् । कर्णका अनुसार, दुई तल्ले उक्त भवनमा दुई वटा कोठा, सभाहल र भान्सा घर निर्माण गरिनेछ ।

भवन निर्माणका लागि महानगरपालिकाले सुरुमा १० लाख रुपैयाँ उपलब्ध गराएको र त्यसमा स्थानीयको जनश्रमदानपनि रहने उनले बताए । बसडिल्वामा रहेका दलित समुदायका विवाह,भोजभतेर लगायतका सामाजिक कार्य आयोजनाका लागि सामुदायिक भवन बनाउन लागिएको उनले बताए ।

बसडिल्वाको दलितवस्तीमा सामुदायिक भवन निर्माण भएपछि त्यसले स्थानीय दलित समुदाय लाभान्वित हुने मेयर सिंहले बताए ।साथै दलित समुदायले आफ्ना सामाजिक गतिविधी अझ बढाउनपनि सहयोग पु¥याउने उनले बताए। प्रमुख प्रशासकीय अधिकृत कर्णले सामाजिक न्याय र समावेशिताका लागि यस्ता परियोजनाहरूमा प्राथमिकता दिएको बताए ।

 

Related posts

लागुऔषधविरुद्धको अभियानमा प्रहरीसंगै लाग्ने पर्साका जनप्रतिधिनीहरुको प्रतिबद्धता

MadhesKhabar

वीरगन्जको टेढामा एनआई कलेजले बाँड्यो कम्बल र ज्याकेट

MadhesKhabar

रसुवा बाढीमा बेपत्ता कर्णको परिवारलाई वीरगन्ज युवा समाजले घरमै पुगेर गर्‍यो सहयोग

MadhesKhabar

Leave a Comment