Madhes Khabar
राष्ट्रिय हेडलाइन

जोखिमपूर्ण काममा खटिने कर्मचारीको जीवन बिमाको व्यवस्था गर्छु : वन मन्त्री यादव

मधेसखबर

वीरगन्ज,०२ भदौ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले जोखिमपूर्ण काममा खटिने कर्मचारीको जीवन बिमाको व्यवस्था गर्ने बताएका छन्।

बिहीबार वन मन्त्रालयमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन, वन तथा वातावरण मन्त्रालय विभागीय कार्यसमितिका कर्मचारीले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले यस्तो बताएका हुन्।

 

उनले कर्मचारीहरूको मनोबल बढाउने खालका नयाँनयाँ सेवाहरू उपलब्ध गराउनेसमेत उल्लेख गरे।‘वनमन्त्रालयअन्तर्गतका विभिन्न निकायका कर्मचारी जोखिमपूर्ण काममा खटिँदै आउनुभएको छ, उहाँहरूको समस्या मैले बुझेको छु। जोखिममा खटिने कर्मचारीको बिमासहित नयाँ खालका र मनोबल बढ्ने खालका सेवाहरू उपलब्ध गराउँछु,’ उनले भने।

 

मन्त्री यादवले विशेषगरी वन रक्षक र दैनिक रूपमा वन्यजन्तुको सामना गर्ने कर्मचारीको जीवनरक्षार्थ मन्त्रालयले नयाँ प्रविधियुक्त उपकरणको पनि व्यवस्थापन गर्न लागेको जानकारी दिए। उनले मन्त्रालयका कर्मचारीलाई भएका समस्या तथा माग पूरा गरिने आश्वासनसमेत दिएका छन्।

छलफलका क्रममा ट्रेड युनियनको वन तथा वातावरण मन्त्रलाय विभागीय कार्यसमितिका कर्मचारीले तत्कालीन भू तथा जलाधार संरक्षण विभाग पुनर्स्थापन गरी रिभर वेसिनको आधारमा कार्यालय स्थापना गर्न, कर्मचारीको वृत्ति  विकासको अवसर सुनिश्चित हुने गरी संस्थागत संरचनाको पुनरावालोकन गर्न, वन पेसालाई मर्यादित बनाउन र पेसाकर्मीलाई व्यवस्थित गर्न वन प्राविधिक परिषद् गठन गर्न माग गरेका थिए।

यसैगरी, कर्मचारीले मन्त्रालयअन्तर्गतका विभिन्न विभागमा रहेको प्रयोगशालाहरूमा विविध किसिमका रासायनिक तथा रेडियोधर्मी विकिरणहरूको जोखिममा कार्यरत कर्मचारीका लागि रोक्का भएको जोखिम भत्ता पुनः उपलब्ध गराउनुपर्नेलगायतका माग राखेका थिए। कर्मचारीको मागका विषयमा मन्त्री यादवले क्रमबद्ध रूपमा सम्बोधन गर्दै जाने आश्वासन दिएका छन्।

Related posts

सिमरा विमानस्थल स्तरोन्नतिका लागि ५ करोड २४ लाख रुपैयाँ विनियोजन

MadhesKhabar

बहुदरमाई नगरपालिकाकाे दशाैं नगरसभा सम्पन्न : ४४ कराेड ८१ लाखकाे बजेट प्रस्तुत

MadhesKhabar

पर्सामा पनि देखियो मकैमा घोघा नलाग्ने समस्या,किसानहरु चिन्तित

MadhesKhabar

Leave a Comment