Madhes Khabar
स्थानिय हेडलाइन

अवैध उत्खनन रोक्न जिससको भूमीका अझ प्रभावकारी हुनुपर्छ : पूर्वमन्त्री यादव

वीरगन्ज, १८ असार : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादवले जिल्ला समन्वय समितिको कार्यक्षेत्रको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोमबार वीरगन्जमा जिल्ला समन्वय समिति पर्साको चौथो जिल्ला सभालाई सम्बोधन गर्दै पूर्व वनमन्त्री समेत रहेका यादवले जिल्ला समन्वय समिति पर्साको पछिल्लो कार्यकाल समग्रमा प्रभावकारी भएकोपनि बताए ।जिल्ला समन्वय समितिलाई अधिकार नदिएको गुनासोप्रति ध्यानाकर्षण भएको बताउँदै सांसद यादवले अधिकार सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यादवले अवैध रूपमा हुने नदिजन्य वस्तुको उत्खननलाई रोक्नका लागि जिल्ला समन्वय समितिको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।उनले भने ,“ जिल्ला समन्वय समितिले वातावरण संरक्षणका कामलाई पनि ध्यान दिन आवश्यक छ । पछिल्लो समय बढ्दै गएको जलवायु प्रदुषणको जोखिमलाई कम गर्नका लागि पनि समन्वय समितको अहम भूमिका हुन्छ ।“उद्योगहरुलाई वातावरणमैत्री बनाउनका लागि अनुगमनलाई तिव्रता दिन उनले जिल्ला समन्वय समितिलाई सुझाव पनि दिए ।

सांसद यादवले जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारले सबै स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह गरेको पनि बताए ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ल समन्वय समिति पर्साका समन्वय अधिकारी महम्मद शेरे मुस्तफाका साथै १४ वटै पालिकाका प्रमुख , उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।

Related posts

नवनियुक्त कानुनमन्त्री अजय चौरसिया : २३ बर्षपछि फेरि पाए मन्त्री बन्ने अवसर

MadhesKhabar

पर्सा १ मा बागी उम्मेदवारीले असन्तुष्ट काँग्रेसका प्रभावशाली नेताहरु जसपामा प्रवेश

MadhesKhabar

बारामा प्रहरीको अभियान : एकै दिन ५ भट्टी तोडफोड , १० हजार लिटर कच्चा पदार्थ नष्ट

MadhesKhabar

Leave a Comment