वीरगन्ज,३१असारः पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य (सांसद) अजय चौरसिया करिब २३ बर्षपछि मन्त्री बन्ने अवसर पाएका छछन् ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्सा क्षेत्र नम्बर २ का सांसद चौरिसया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका हुन् ।
त्यसअघि उनि २०५८ सालमा कांग्रेसको सरकारमा स्थानीय विकास सहायकमन्त्री बनेका थिए ।
चौरसिया २०५६ सालमा पर्साको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ३ बाट पहिलोपटक सांसदमा निर्वााचित भएका थिए । त्यसपछिका निर्वाचनमा लगातार सांसदमा चुनाव लड्दै आएका चौरसिया २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमापनि संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचन र २०७४ को आम निर्वाचनमा पराजित भएका चौरसियाा २०७९ को निर्वाचनमा भने पुन निर्वाचित हुदै तेस्रो पटक सांसद भएका हुन् ।चौरसिया कांग्रेस केन्द्रिय सदस्यपनि हुन् ।

