Madhes Khabar
स्थानिय हेडलाइन

बारामा प्रहरीको अभियान : एकै दिन ५ भट्टी तोडफोड , १० हजार लिटर कच्चा पदार्थ नष्ट

मधेसखबर
वीरगन्ज, २६ भदौं : बारामा घरेलु मदिरा उत्पादन गर्ने अवैध रक्सी भट्टीहरुलाइ नष्ट गर्ने अभियानलाइ प्रहरीले निरन्तरता दिएको छ ।

केहि साता यता बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीको निर्देशनमा प्रहरीले जिल्लाभर सर्च अभियानै चलाएर अवैध रक्सी भट्टीहरुलाइ नष्ट गर्ने कार्यलाइ निरन्तरता दिइरहेको हो ।

यसैक्रमा आइतबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले एकै दिन ५ वटा रक्सी भट्टी तोडफोड गर्नुका साथै रक्सी उत्पादन गरिने १० हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ ।

आइतबार प्रहरीले फेटा गाउँपालिका वडा नंबर १, प्रसौनी गाउँपालिका वडा नंबर १ र वडा नंबर ३ स्थित विभिन्न घरमा संचालन रहेका ५ वटा अवैध भट्टीहरू नष्ट गरेको हो । त्यसक्रममा रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, भडाकुडा नियन्त्रणमा पनि लिइरहेको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए ।

Related posts

अमेरिकाबाट वीरगन्ज आएको पार्सलमा गाँजा भेटियो

MadhesKhabar

दुर्गाभवानीको मूर्ती सेलाउने क्रममा पर्साको गण्डक नहरमा डुबेर एक किशोरको मृत्यु

MadhesKhabar

सार्वजनिक भयो कक्षा १२ को परीक्षाफल, ५२ प्रतिशत मात्र विद्यार्थी पास

MadhesKhabar

Leave a Comment