
वीरगन्ज,१४पुसःवीरगन्जको घण्टाघर नजिकै रहेको विपी उद्यानको जग्गा अतिक्रमण गरेर लगाइएको तरकारी,फलफुल,खाजा–नास्ता लगाएका पसल र टहराहरु ७ दिनभित्र खाली गर्न वीरगन्ज महानगरपालिकाले निर्देशन दिएको छ ।
यसअघि २०७३ फागुन ८ गते वीरगन्ज महानगरपालिकाले डोजर लगाएर खाली गराएको विपी उद्यानको जग्गामा त्यसपछि फेरि व्यपारी र पसलेले फेरि कब्जा गरि टहरा बनाएर पसल थापेका छन् ।विपी उद्यानको झण्डै १० बिघा जग्गामा सयौंको संख्यामा टहरा बनाएर तरकारी , खाजा नास्ता र घरेलु मदीराका पसल थापिएका छन् ।
थोक तरकारी मण्डीका दर्जनौ पसल र होटलबाट दिनहु निस्कने फोहोरमैलाको व्यवस्थापन नहुदा ती फोहोर जन्य वस्तु कुहिएर महिनौ दिन सम्म रहने गरेको छ ।कुहिएका ती फोहोरबाट निस्कने दुर्गन्धले बजार छेउ भएर हिड्ने यात्रुहरुलाइ नाक थुन्नु पर्छ ।
शहरकै केन्द्रमा रहेको उद्यानमा अनाधिकृत रुपमा लगाइएको अव्यवस्थित एंव दुर्गन्धित थोक तरकारी बजार , त्यहा जथाभवाी तरिकाले बनाइएका झुप्रा र टहरा तथा दुर्गन्धले वीरगन्ज महनगरकै सौन्दर्यलाइ नै कुरुप बनाएको छ ।
पुस १२ गते महानगरपालिकाको कार्यालयले जारी गरेको सूचनामा मंसिर २६ गतेको निर्णय अनुसार, वीरगन्ज–९मा रहेको विपी उद्यान हाताभित्र सञ्चालनमा रहेका तरकारी,फलफुल,खाजानास्ता लगायतका पसलहरु १५ दिनभित्र खाली गर्न जारी गरिएको सूचनाको हदम्याद सकिसक्दापाि हालसम्मपनि बजार खाली नगरिएकाले पुस १२ को सूचनाले ७ दिनभित्र अनिवार्य रुपमा बजार खाली गर्न उर्दी जारी गरिएको छ ।
उक्त सूचनाको अटेरी गरेमा बजार खाली गर्न÷गराउन लाग्ने खर्च सम्बन्धित पसले र व्यपारीले व्यहोर्नुपर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जारी गरेको सूचनामा हाल विपी उद्यानमा सञ्चालनमा रहेको तरकारी,फलफुल लगायतका बजार वीरगन्ज–१६ नगवास्थित कृषि बजारमा लगेर सञ्चालन गर्न आग्रहपनि गरिएको छ ।