Madhes Khabar
राजनीति हेडलाइन

वेवसाईट अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती,सरकार भन्छ वेवसाईटको साँचो हामीसगं छैन:सासंद यादव


मधेसखबर
वीरगंज , फाल्गुन १२ गते :जनता समाजवादी पार्टी, नेपालका सांसद एव् प्रतीनीधीसभा सदस्य प्रदिप यादवले विगत केही दिनदेखी सरकारी वेवसाईटमा देखीएको समस्याबारे संसदमा ध्यानाकर्षण गराएका छन् । केही दिन देखी सरकारी कार्यालयहरुका वेवसाईटमा भईरहेको पटक पटकको अवरुद्धका कारण साईबर सुरक्षामा समस्या आउनुका साथै विशेष गरी यात्रुहरुलाई भोग्नुपरेको सास्ती बारे अवगत गराएका हुन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारी वेवसाईट चुस्त दुरुस्त नहुँदा बारम्बार वेवसाईट अवरुद्ध हुने गरेको जस्ता लापरवाहीका कारण घण्टौसम्म अन्तराष्ट्रिय उडान प्रभावित भईरहेकोले विदेश जाने यात्रु र आउने यात्रुलाई दुवैलाई सास्ती बेहोर्नुपरीरहेको गुनासो गरेका थिए ।

उनले भने , “वेवसाईट अवरुद्ध हुँदा विदेश जाने र आउने यात्रुलाई अध्यागमन कार्यालयले सेवा दिन सक्दैन । जसकारण हजारौ यात्रुलाई सास्ती भईरहेको छ । यती मात्र नभई कुनै कुनै दिन त सरकारी वेवसाईट बन्द समेत हुन्छ । यसरी पटक पटक बेवसाईट बन्द हुँदा ह््याक हुने , देशको डाटा चोरी हुने दुरुपयोग हुने तथा हरेक तवरबाट असुरक्षित हुने जोखीम पनि बढेको छ । वेवसाईटको क्षेत्रमा मुलुककै सुरक्षाका लागि यो एकदमै गम्भिर कुरा हो । ”

सरकारले आईटीमा लगानी बढेको दाबी गरेपनि व्यवसायीक रुपमा सुरक्षित रुपमा यो कुरा नदेखीएको सांसद यादवको भनाई छ ।

उनले प्रश्न तेर्साउँदै भने , “देशको अधिकाशं सरकारी कार्यालयको वेवसाईटको अवस्था यस्तै छ । तर सरकारलाई वेवसाईटको अवस्थाबारे जानकारी गराउँदा , सरकार भन्छ , वेवसाईटको साँचो हामीसगं छैन , भने साँचो को संग छ त”

 

Related posts

ठाकुरराम क्याम्पसको स्ववियुका लागि ३५ संगठन/समुह चुनावी प्रतिस्पर्धामा

MadhesKhabar

अलौं–सिर्सियाका पिडित जग्गाधनीहरुको चेतावनी : बैशाख २६ देखि ड्राइपोर्ट नै ठप्प पार्छौ

MadhesKhabar

पत्रकार नेहाल खानको उपचारका लागि मेयर सिंहले दिए ५० हजार रुपैयाँ

MadhesKhabar

Leave a Comment