वीरगन्ज,२९चैतःवीरगन्ज–कलैया–काठमाडौं रुटमा रात्रीबस सञ्चालन गरिरहेको ओम बिनायक ट्राभल्सका तेस्रो पुस्ताका सञ्चालक अच्युत पौडेललाई टाटा मोटर्सको अधिकृत बिक्रेता सिपदी ट्रेडिङ प्रालिले सम्मानित गरेको छ । ओम बिनायक ट्राभल्सले टाटा मोटर्ससंगको सहकार्य गरिरहेको ५० वर्ष पुरा गरेको उपलक्ष्यमा सिप्रदीले ओम बिनायक ट्राभल्सका तेस्रो पुस्ताका सञ्चालक पौडेललाई सम्मानित गरेको हो ।
वीरगन्जमा शुक्रबार आयोजित कार्यक्रममा टाटा मोटर्सका सह–महानिर्देशक कृष्ण चन्दले पौडेललाई खादा ओढाएर मायाको चिन्हो प्रदान गर्दै सम्मानित गरे । त्यसअवसरमा पौडेलका परिवारजनपनि सहभागी थिए ।
टाटा मोटर्ससंग विगत ५० वर्षदेखि ओम बिनायक ट्राभल्सले निरन्तर सहकार्य गरेर यातायात सेवा दिदैं आएकाले त्यसैको कदर गर्दै ओम बिनायक ट्राभल्सका सञ्चालक पौडेललाई सम्मानित गरिएको टाटा मोटर्सका सह–महानिर्देशक चन्दले बताए । उनले ओम बिनायक ट्राभल्स सिप्रदी ट्रेडिङ भन्दापनि पुरानो रहेको बताए ।
सम्मान ग्रहणपछि कार्यक्रममा बोल्दै ओम बिनायक ट्राभल्सका सञ्चालक पौडेलले यातायात व्यवसाय सोचेजति सहज नभएपनि यस पेशाप्रति आफ्नो हजुरबुबा, त्यसपछि बुबा र अहिले आएर आँफुले यसलाई निरन्तरता दिइरहेको बताए । लगनशीलता र इमान्दारिताका साथै सेवामूखी भावना राखकै कारण आफ्नो तेस्रो पुस्ता यो पेशालाई निरन्तरता दिन सकिरहेकोपनि उनले बताए । पौडेलले भने,‘कुनै समय यहि पेशाले हाम्रो परिवार चुर्लुम्म डुबेको थियो । तर हामीले हार खाएनौं ,आँट गरेर फेरि उठ्यौ , अगाडि बढ्यौ र आजफेरि यहि पेशाले हामीलाई सफलताको यो अवस्थामा ल्याइ पुर्याएको छ ।’
पैडेललले याातायात व्यवसायलाई नाफामुखी पेशा मात्रै नठानी सेवामुखी बनाउने सोचका साथ अगाडि बढे सफलता मिल्दै जाने आफ्नो अनुभवपनि साझा गरे । हाल ओम बिनायक ट्राभल्सले वीरगन्ज–कलैया–काठमाडौं र वीरगन्ज–नारायगढ रुटमा दिवा र रात्री सेवा गरेर १५ वटा सुविवधासम्पन्न बसहरु सञ्चालनमा ल्याइरहेको जानकारीपनि गराए ।
शुक्रबार आयोजित सम्मान कार्यक्रमकै अवसर पारेर ओम बिनायक ट्राभल्सले वीरगन्ज–कलैया–काठमाडौं रुटमा थप दुई वटा रात्री बसपनि सञ्चालन गरेको छ । जसको शुभारम्भ बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले बेलुन उडाएर गरे ।
मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, ,बाराका सहयाक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक भीम किरण बोगटी, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल,नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक केसि लामिछाने, केन्द्रिय सदस्य सिकेन्द्र पासवान,मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओम प्रकाश खनाल, बारा अध्यक्ष रमेश सुबेदी लगायतकाकोपनि उपस्थिती थियो ।

