Madhes Khabar
स्थानिय

नारायणगढबाट वीरगन्ज आँउदै गरेकाे बस ३ नम्बर पुलबाट खाेलामा खस्दा ४ जना गम्भीर घाइते

बारा,२२फाल्गुन:पूर्वपश्चिम लाेकमार्ग अन्तरगत बाराको ३ नम्बर पुलबाट यात्रुवाहक बस खोलामा खस्दा १५ जना घाइते भएका छन्।तीमध्ये चार जनाकाे अवस्था  गम्भीर छ।

नारायणगढबाट वीरगन्ज आउँदै गरेको ना ६ ख ९०३० नम्बरको बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बस दुर्घटनामा परेका ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको जानकारी दिए ।

‘घाइतेहरुलाई भर्खरै अस्पताल ल्याइएको छ । दुर्घटनाको थप विवरण आउँदै छ’, भण्डारीले भने ।

Related posts

पर्साकाे बलुवा गाँउमा आगलागीबाट तीन घर जलेर नष्ट

MadhesKhabar

जेनजी आन्दोलनमा जलेको वीरगञ्ज महानगरपालिका : शून्यबाट उठ्दै, मर्मतमा जुट्दै

MadhesKhabar

जिल्ला प्रशासन कार्यालय पर्सामा मिटरब्याजी सम्बन्धी हालसम्म १ हजार उजुरी दर्ता

MadhesKhabar

Leave a Comment