बारा,२२फाल्गुन:पूर्वपश्चिम लाेकमार्ग अन्तरगत बाराको ३ नम्बर पुलबाट यात्रुवाहक बस खोलामा खस्दा १५ जना घाइते भएका छन्।तीमध्ये चार जनाकाे अवस्था गम्भीर छ।
नारायणगढबाट वीरगन्ज आउँदै गरेको ना ६ ख ९०३० नम्बरको बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बस दुर्घटनामा परेका ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको जानकारी दिए ।
‘घाइतेहरुलाई भर्खरै अस्पताल ल्याइएको छ । दुर्घटनाको थप विवरण आउँदै छ’, भण्डारीले भने ।

