Madhes Khabar
स्थानिय हेडलाइन

चुनावमा पार्टी फेर्दै हिड्ने माओवादी नेता शिवकुमार साह तेली पर्सा प्रहरीको थुनामा

वीरगन्ज,१९साउनःनेकपा माओवादीका नेता शिवकुमार साह तेली पक्राउ परेका छन् ।पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ६ लखनपुर घर भएका तेली बैंकीङ कसूर मुद्धामा पक्राउ परेका हुन् ।

तेलीलाई वीरगन्जको श्रीपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

क्रान्ति गुप्तासहितका दुई जना व्याक्तिलले दिएको जाहेरीका आधारमा तेलीलाई पक्राउ गरिएको लम्सालले बताए । आँफ्नो बैंक खातामा रकम नहुदाँपनि झुक्याएर तेलीले १० लाख र ६ लाखको गरी दुई वटा चेक दिएको र बैंकबाट ती दुईवटै चेक बाउन्स भएपछि पिडितहरुले उनिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको लम्सालले बताए ।

पक्राउ परेका तेलीलाई जिल्ल प्रहरी कार्यालय पर्साको थुनामा राखेर उनिविरुद्ध पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई कारबाही प्रकृया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।

२०७९ को निर्वाचनमा नेपाल सुशासान पार्टीका तर्फबाट पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को क बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका तेली चुनाव हारे लगत्तै नेकमा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसअघि तेली जनता समाजवादी पार्टी नेपालमा थिए ।

तेली यसअघि मधेस प्रदेश सरकारबाट पर्साका किसानका लागि अनुदानमा प्राप्त करोडौं मूल्यको कृषि उपकरण खरिदको अनियमितता तथा कागजी प्रकृयामै योजना सम्पन्न गरेर बजेट अपचलन गरेको विवादमा पनि मुछिएका थिए ।साहले आँफु अध्यक्ष रहेको जय महावीर कृषि सहकारी संस्था लिमिटेडले प्रदेश सरकारबाट करोडौंको योजना ल्याएर कागजी प्रकृयामा बिलभौचर तयार पारेर अनियमितता गरेको आरोप उनिमाथि लागेको थियो ।

आँफ्नो पहुँच माओवादीको उच्च नेतृत्वसम्म रहेको भन्दै तेलीले प्रदेश र संघ सरकारका मन्त्रालयहरुबाट योजना ल्याइदिने र त्यसबापत कमीशन रकम असुल्ने गरेको आरोपपनि उनिमाथि छ ।

Related posts

रौतहटकोे सबगढवामा दुई फरक धर्मका समुदायबीच झडप,स्थिती नियन्त्रणमा लिन सेना परिचालन

MadhesKhabar

वीरगन्ज स्थित नेपालकै प्रसीद्ध घडीअर्वा छठघाटको सजावट (फोटो फिचर)

MadhesKhabar

ठाकुरराम क्याम्पसमा बुवाकाे परीक्षा दिदैं गरेका कांग्रेस नेताका छाेरा पक्राउ

MadhesKhabar

Leave a Comment