Madhes Khabar
स्थानिय

ठाकुरराम क्याम्पसमा बुवाकाे परीक्षा दिदैं गरेका कांग्रेस नेताका छाेरा पक्राउ

वीरगन्ज,२२भदाैं:वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाकाे परीक्षा दिदैं गरेकाे अवस्थामा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।पक्राउ पर्नेमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनका छाेरा २५ वर्षीय महमद अफताब रहेका छन्।कांग्रेस क्षेत्रीय सभापति साहबुद्धिन र उनका छाेरा अफताब वीरगन्ज महानगरपालिका-३ छपकैयाका हुन्।

 

आइतबार ठाकुरराम क्याम्पसमा चलिरहेकाे मानविकी संकायकाे राजनीति शास्त्र स्नातकोत्तर तहकाे तेस्राे सेमेष्टरकाे परीक्षा दिदैं गरेका बेला अफताब पक्राउ परेका हुन्।सिम्बाेल नम्बर १५२७०२३ नम्बरका परिक्षार्थी साहबुद्धिनको प्रवेशपत्रमा आफ्नाे फाेटाे टाँसेर परीक्षा दिदै गरेकाे अवस्थामा अफताब भेटिएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको क्याम्पस प्रमुख माेहन यादवले बताए ।

नक्कली परिक्षार्थीले परीक्षा दिइरहेकाे सुचना आएपछि परीक्षा हलमा गएर चेकजाँच गर्दा सिम्बल नम्बर १५२७०२३ नम्बरका परीक्षार्थी महमद साहबुद्धिनकाे सट्टा अफताबले परीक्षा दिदैं गरेकाे भेटिएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको उनले बताए ।

पक्राउ परेका अफताब र नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाएका साहबुद्धिन दुवै जनाविरुद्ध त्रिविकाे संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० काे दफा २७० (क) अनुसार कार्बाही हुने क्याम्पस प्रमुख यादवले जानकारी दिए।

 

पक्राउ परेका अफताबलाई वडा प्रहरी कार्यालय वीर्तामा राखिएको पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्रले जानकारी दिए।क्याम्पस प्रशासनले परीक्षा हलबाट नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएकाे उनले बताए ।

Related posts

वीरगन्जको जमुना सेकुवा होटलबाट ब्राउन सुगरसहित एक भारतीय पक्राउ

MadhesKhabar

पर्साका एसपी मिश्र मधेस प्रदेशमै उत्कृष्ट घोषित

MadhesKhabar

वीरगन्जमा बसेकाे नेपाल-भारत सुरक्षा बैठकले गर्याे ६ बुँदे निर्णय

MadhesKhabar

Leave a Comment