Madhes Khabar
समाचार हेडलाइन

रौतहटकोे सबगढवामा दुई फरक धर्मका समुदायबीच झडप,स्थिती नियन्त्रणमा लिन सेना परिचालन

रौतहट, ८ फागुनःरौतहटको गौर नगरपालिका वडा नम्बर–६ सबगढवामा दुई फरक धर्मका समुदायबीच तनाव भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना सहितको टोली परिचालन गरिएको छ । बिहीबारराति एक हिन्दु समुदायको घरमा विवाह कार्यक्रम भइरहेका बेला बाजा बजाउने विषयलाई लिएर केही व्यक्तिहरुबीच विवाद भएको थियो।

त्यही घटनालाई लिएर शुक्रबार दुई समुदायबीच झडप भएको बताइएको छ। सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो। सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषयलाई लिएर भनाभन भएको थियो।

भनाभन पछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका केही मानिसलाई कुटपिट गरेका थिए। त्यही विषय लिएर शुक्रबारबिहानै देखी पुनः दुई समुदायबिच झडप भएको हो।

सबगढामा बिहानैदेखि दुवै पक्षबाट ढुङ्गा हानाहान भइरहेको छ। घटनापछि उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मीको परिचालन गरिएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारीे दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी घटनास्थल पुगेको बताएका छन्। अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी ५०० सय बढी सुरक्षाकर्मी परिचालन गरिएको भुसालले जानकारी दिए।

 

Related posts

पर्सामा विपद प्रभावितको उद्धारमा खट्न जनमत पार्टीका नेता कार्यकर्तालाई अध्यक्ष सर्राफको आह्वान

MadhesKhabar

धार्मिक सहिष्णुताको अनुपम उदाहरण : चौरसियाले मुस्लिमहरुलाई गराए इफ्तारी

MadhesKhabar

वीरगन्जका विभिन्न वडामा निर्माणाधिन कालोपत्रे सडकको मेयर सिंहद्वारा निरीक्षण

MadhesKhabar

Leave a Comment