वीरगन्ज,१४जेठ:वीरगन्ज महानगरपालिका वडा नम्बर २७ काे उदयपुरघुर्मीमा निर्माणाधीन कालोपत्रे (पिच)सडकको महानगरका मेयर राजेशमान सिंहले बुधबार निरीक्षण गरेका छन् ।उदयपुरघुर्मीकाे सडकमा अहिले कालोपत्रे प्रक्रिया अघि बढाउन अतिक्रमण हटाउने कार्य र सडकको बेस निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
निरीक्षणको क्रममा मेयर सिंहले निर्माण कार्यको गुणस्तरप्रति ध्यान दिनु पर्नेमा जोड दिए । साथै, समयमै कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशनपनि उनले दिए।
यस्तै वडा नम्बर २१ परवानीपुरमा निर्माणाधीन सडकको पनि मेयर सिंहले बुधबार नै निरीक्षण गरेका छन् । वडा नम्बर २१ काे मुख्य सडकबाट पटेल नगरतर्फ जाने सडक निर्माणमा भएको अवरोध हटाएर अहिले निर्माणको काम धमाधम भइरहेको छ ।यस्तै वडा नम्बर १४ स्थित सानो पिपरा बौद्धिमाईमा सम्पन्न भएको कालो पत्रे सडकको पनि मेयर सिंअले निरीक्षण गरेका छन्।
सडक निरीक्षणको क्रममा मेयर सिंहसंगै महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नम्बर २७ का वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, स्थानीय वासिन्दा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।स्थानीय बासिन्दाहरूले सडक निर्माणले आवागमन सहज हुनुका साथै आर्थिक र सामाजिक विकासमा समेत टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।
वीरगंज महानगरपालिकाले विभिन्न वडाहरूमा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, ढल र खानेपानी जस्ता परियोजनाहरूमा तीव्रता दिएको छ । महानगरको ग्रामिण क्षेत्रलाई बजारसँग जोड्न अहिले हरेक वडामा कालो पत्रे सडक निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।

