Madhes Khabar
स्थानिय

हावाहुरीले वीरगन्जका ठाँउठाँउमा पोल ढलेका कारण रातिदेखि नै बिजुलीको आपुर्ति ठप्प

माधुरी महतो

वीरगन्ज,२४जेष्ठःवीरगन्ज महानगर क्षेत्रमा गएराति (बुधबारराति) देखि अवरुद्ध विद्युतको आपुर्ति सुचारु हुन समय लाग्ने नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले जनाएको छ ।

गएराति करिब साढे १२ बजेतिर वर्षासहित आएको आँधीहुरीका कारण ठाँउ ठाँउमा विद्युतको पोल भाँचिएर लडेको र केहि ठाँउको ट्रान्फर्मरपनि खसेपछि वीरगन्ज महानगर क्षेत्रमा विद्युत आपुर्ति सेवा अवरुद्ध छ ।

विद्यूत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेका अनुसार, रातिको आँधीहुरीले वीरगन्ज महानगरका विभिन्न स्थानमा गरी करिब २५ वटा विद्युतको पोल भाँचिएर ढलेका छन् भने लालपर्सा र रतनपुरमा ट्रान्फर्मर नै पोलबाट खसेर क्षति भएको छ । वीरगन्ज ३० लालपर्सामा मात्रै १० वटा पोल भाँचिएर ढलेको उनले बताए । यस्तै वीरगन्जको पावरहाउस चोकमा पनि ५ वटा पोल लडेको जानकारी उनले दिए ।

जसका कारण वीरगन्ज महानगर क्षेत्रमा राति साढे १२ बजेदेखि नै विद्युत सेवा अवरुद्ध भएको हो । ठाँउ ठाँउमा ढलेका पोल , तार र ट्रान्सफर्मर मर्मतको काम बिहानैदेखि सुरु गरिएको र अहिलेपनि प्राविधिकहरु त्यसमै लागि रहेको दुबेले बताए ।

मर्मत सम्भारको काम चलिरहेकाले अवरुद्ध विद्युतको आपुर्ति सम्वत आज बेलुकीदेखि सुचारु हुने सम्भावना रहेको दुबेले बताए । उनले भने,‘ प्राधिकरणका प्राविधिक र कर्मचारीहरु बिहानैदेखि खटेर काम गरिरहेका छन् । अन्यस्थानमापनि पोल र तारमा क्षति भएको खबर आइरहेको छ । त्यसका कारण विद्युत आपुर्ति सुचारु हुन समय लाग्छ ।’

Related posts

वीरगन्ज महानगरपालिकामा आज शोक बिदा

MadhesKhabar

पर्साको पाण्डेपुरमा आगलागी हुदाँ घर जलेर नष्ट

MadhesKhabar

सिर्सिया सुक्खा बन्दरगाहको जग्गा अधिग्रहण प्रक्रिया अझै टुंगिएन

MadhesKhabar

Leave a Comment