Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरपालिकामा आज शोक बिदा

वीरगन्ज,१८पुस:वीरगन्ज महानगरपालिकाले आज(शुक्रबार) शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत कार्यालय सहयोगी राजु कुमार थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महानगरपालिकाले शोक विदा दिएको हो।

 

पुस ६ गते सवारी दुर्घटनामा गम्भीर घाइते भएका थापाकाे उपचाररका क्रममा पुस १२ गते निधन भएको थियो।

प्रशासन प्रमुख सुनिल कर्णका अनुसार आज महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाहरू बाहेक सम्पूर्ण सेवाहरू बन्द रहनेछन्।

 

दिवंगत थापा वीरगन्ज महानगरपालिकामा २०५२ साल माघ १२ गते कार्यालय सहयोगीका रूपमा नियुक्त भई लामो समयदेखि निरन्तर कार्यरत थिए।

वीरगन्ज महानगरपालिकाले दिवंगत थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

दिवंगत थापाको शोकमा शुक्रबार बिहान ११:०० बजे वीरगन्ज महानगरपालिकाको प्रांगणमा शोक सभा आयोजना गरिएको थियो। शोक सभामा महानगरका मेयर राजेशमान सिंह,उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण लगायत महानगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Related posts

बारामा हुण्डी कारोबार गर्ने गिरोह नगद २१ लाखसहित पक्राउ

MadhesKhabar

निर्वाचन आयोगले जरिवाना तोके पछि पर्साका दलित उम्मेदवारहरु समस्यामा

MadhesKhabar

पटेर्वा सुगाैलीले साढे १३ बिघा जग्गामा फलफूलका बिरुवा राेप्दै,रेखदेखकाे जिम्मा समुदायलाई

MadhesKhabar

Leave a Comment