Madhes Khabar
स्वास्थ्य हेडलाइन

नेपालमा कोरोनाको चौथो लहरको एक महिनामा कोरोनाबाट ३६ जनाको मृत्यु

मधेसखबर
साउन ३० , वीरगञ्ज । नेपालमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा वृद्धि हुन थालेको जनाईएको छ ।

आइतबार मात्रै कोरोना भाईरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा चौथो लहर सुरुवात भएपछि मृत्यु हुनेको संख्या क्रमिक रुपमा बढ्दै गइरहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाईरसको संक्रमणबाट १ साउनमा पहिलो संक्रमितको मृत्यु भएको थियो । त्यसयता दैनिक एक–दुई जनाको मृत्यु हुँदै आएको छ भने गत २६ गते एकैदिन पाँच जनाको कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

साउनयता हालसम्म ३६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ । मृत्यु हुनेमा अधिकांश खोप नलगाएका र दीर्घ रोगी रहेका मन्त्रालयका प्रवक्ता डा. समीर कुमार अधिकारीको भनाई छ ।

अधिकारीका अनुसार संक्रमणबाट मृत्यु हुने ७५ प्रतिशत भन्दा बढीले खोप नलगाएको पाइएको छ । खोप नलगाएकाहरू उच्च जोखिममा रहेकाले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर आवश्यकता अनुसार कोरोनाविरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले अपिल समेत गरेको छ ।

कोरोना भाईरसको संक्रमण बढ्दै गएकोले मानिसहरुले फेरी पनि उच्च सतर्कता अपनाउन आवश्यक रहेको नारायणी अस्पतालका वरीष्ठ चिकित्सक एव् प्रवक्ता डा.उदय नारायण सिँहले सुझाव दिएका छन् ।

Related posts

वीरगन्जमा हिन्दुवादी नेता राजपुतकाे रिहाइको माग गर्दै प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन

MadhesKhabar

मधेस खबरकी सम्पादक माधुरी महताे फाेटाे पत्रकार महासंघकाे उपाध्यक्षमा चयन

MadhesKhabar

निर्वाचन आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन

MadhesKhabar

Leave a Comment