Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

धार्मिक सहिष्णुताको अनुपम उदाहरण : चौरसियाले मुस्लिमहरुलाई गराए इफ्तारी

वीरगन्ज,८ बैशाख : इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानको उपलक्ष्यमा वीरगन्जका एक हिन्दु युवाले सामुहिक इफ्तारीको आयोजना गरेका छन् ।

आपसी भाईचारा अभिबृद्धि गर्ने उदेश्यले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका युवा भुषाल चौरसियाले मुस्लिम धर्मावलम्बीहरुका लागि इफ्तारको प्रबन्ध मिलाएका हुन् ।

आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्नका लागि मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा बिहीबार इफ्तारी गराइएको चौरसियाले बताए ।

चौरसियाले आयोजना गरेको इफतारमा मुस्लिम तथा हिन्दु समूदायका उल्लेख्य व्यक्तिको सहभागिता रहेको थियो ।
फरक धर्म संस्कृतिको सम्मान गर्दै धार्मीक सहिष्णुता कायम राख्न आफूले सानो प्रयास गरेको चौरसियाले बताए ।

Related posts

मधेस विश्व विद्यालयको उपकुलपतिमा डा. शाक्य नियुक्त

MadhesKhabar

वीरगन्जका दर्जनभन्दा बढी व्यपारिक फर्महरुमा राजश्व विभागकाे छापा

MadhesKhabar

वीरगंज २७ अलौँमा उम्मेदवार कानुको घरदैलो सम्पन्न

MadhesKhabar

Leave a Comment