वीरगन्ज,१२असोजःजनमत पार्टी पर्साले अविरल वर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा जुट्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेको छ ।
बिहीबार रातिदेखि निरन्तर परिरहेको अविरल वर्षाका पर्साकापनि विभिन्न स्थानमा घरहरु डुबानमा परेका छन् भने बाटो अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण वीरगन्जसहित पर्सा जिल्लाका विभिन्न स्थानमा मानिसहरु प्रभावित भएको भन्दै जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले शनिबार अपरान्ह एक सार्वजनिक अपिल गर्दै भनेकआ छन् ,‘विपद व्यवस्थापन गर्ने सरकारी निकाय एवं सुरक्षा निकायका साथै जनप्रतिनिधिहरु यो विपत्तिमा हातेमालो गर्दै सहकार्य गरौं, पीडितलाई सहयोग गरौं । सबैले उच्च सतर्कता अपनाऔं ।’
प्रभावित परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा स्वंयसेवकका रुपमा खट्न पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई उनले अनुरोधपनि गरेका छन् ।
साथै समस्यामा परेकाहरुलाई हेल्पलाइन नम्बरहरु पार्टीका महानगर संयोजक संजय सिंह ९८०७२११३८०, दस्ता संयोजक मनोज साह ९८०६३३१६५१, वीरगन्ज महानगर अध्यक्ष महदेव शर्मा ९८०७१२२०००, विद्यार्थी जिल्ला अध्यक्ष बिवेक झाको मोबाइल नम्बर ९८६६३८९७४५ मा सम्पर्क गर्न जनमत पार्टी पर्साले अपिलपनि गरेको छ ।

