Madhes Khabar
स्थानिय

सुकुम्वासीलाई लालपूर्जा दिदाँ जेल जान परेपनि तयार छु : अध्यक्ष अहमद

वीरगन्ज,२७ भदौं : राष्ट्रिय भूमि आयोग पर्साका अध्ध्यक्ष तबरेज अहमदले भूमिहिन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोवासको व्यावस्थाका लागि वन कार्यालयहरुले अनावश्यक बखेडा झिक्ने गरेपनि भूमिहिनहरुको जग्गा प्राप्तीको लागि विचलित नभई काम अगाडि बढ्ने बताएका छन् ।

पर्साको पर्सागढी नगरपालिकाको वडनिहारमा बुधबार राष्ट्रिय भूमि अधिकार मञ्चको तेश्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सुकुम्वासीहरुको लागि लालपूर्जा वितरण गर्नका लागि जेल जान पनि आफू तयार रहेको भन्दै नापी कार्यालय पनि लालपूर्जा वितरणमा बाधक बनेको बताए ।

उनले पर्सागढीका भूमिहिन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुका लागि पर्सागढी नगरपालिकामा ३२ वटा लालपूर्जा पहिलो चरणमा वितरण गर्नुपर्ने भएकोले उक्त लालपूर्जा नपाएसम्म कुनैपनि राजनीतिक कार्यक्रममा आफू पर्सागढी नजाने पनि प्रतिवद्धता जनाए ।

मञ्चका जिल्ला अध्यक्ष अर्जुन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, राष्ट्रिय भूमि अधिकार मञ्चका प्रदेश अध्यक्ष मदन विश्वकर्मा, सचिव अनुप माझी, रौतहट अध्यक्ष चन्द्रमान थिङ्ग, पर्सागढी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकमान थिङ लगायतको उपस्थिति रहेको थियो ।

 

 

Related posts

वीरगन्ज महानगरले २८ करोड बक्यौता असुल्न बाँकी

MadhesKhabar

छात्रालाई अनैतिक सम्बन्ध राख्न दबाब दिएकाे आराेपमा मधेस विश्वविद्यालयका कर्मचारी गद्दी पक्राउ

MadhesKhabar

निजगढकाे ग्यारेजमा भएको विष्फोटमा परि मृत्यु हुनेकाे संख्या २ पुग्याे (अपडेट)

MadhesKhabar

Leave a Comment