Madhes Khabar
स्थानिय हेडलाइन

मधेस खबरकी सम्पादक माधुरी महताे फाेटाे पत्रकार महासंघकाे उपाध्यक्षमा चयन

मधेसखबर
वीरगन्ज,१८ भदौं :नेपाल फोटो पत्रकार महासंघ पर्साकाे उपाध्यक्षमा मधेस खबर डट कम अनलाइन पत्रिकाकी सम्पादक माधुरी महताे चयन भएकी छन् ।
शनिबार वीरगन्जमा सम्पन्न फाेटाे पत्रकार महासंघ पर्सा शाखाको तेस्रो अधिवेशनले उपाध्यक्षमा महताेलाई सर्वसम्मत चयन गरेको हाे । महताे बीबीसी नेपाली सेवामा पनि कार्यरत छिन् ।

यस्तै महासंघ पर्साकाे अध्यक्षमा सफल खतिवडा चयन भएका छन् ।महासंकाे जिल्ला सचिवमा श्रवण कुमार साह,कोषाध्यक्षमा शम्भू कुमार सुमन, सदस्यहरुमा मधेसखबर डट कम अनलाइन पत्रिकाका संवाददाता प्रमाेद यादव, राहुल कुमार गुप्ता , बिनोद पटेल,कबिता खड्का,चिरञ्जीवी यादव, प्रणय साह ,आरोहण साह लगायत पनि सर्वसम्मत चयन भएको महासंघका निवर्तमान सचिव तिवारी यादवले जानकारी दिए ।

महासंघका निवर्तमान अध्यक्ष विजय महताेकाे अध्यक्षतामा भएकाे अधिवेशनमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ,मधेस विश्वविधालयका उपकुलपति डाक्टर दिपक शाक्य , नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान,केन्द्रीय सदस्य केसी लामिछाने , प्जिरदेश महासचिव श्याम बन्जारा , पर्सा अध्यक्ष अनुप तिवारी , नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य निलिमा पौडेल लगायतकाे पनि सहभागीता रहेकाे थियाे ।

Related posts

वीरगन्जका मुख्य नालाहरुमाथि बनाइएका भवनसहितका संरचना हटाउन मेयर सिंहको निर्देशन

MadhesKhabar

मेडिकल कलेजको सम्पति विवाद: दाई जैनुद्दिनलाई भाई बसरुद्दिनले दिए ज्यान मार्ने धम्की

MadhesKhabar

सरकारले ताेकेकाे उखुको मूल्य कम भएकाले पुर्नविचार गर्न समाजवादी किसान महासंघको माग

MadhesKhabar

Leave a Comment