Madhes Khabar
स्वास्थ्य हेडलाइन

डेंगी रोकथामका लागि स्वास्थ्य कार्यालयले वीरगन्ज महानगरलाई दियो १३ लाखको विषादी र ट्यांकी

वीरगन्ज,२१जेष्ठःवीरगन्ज महानरपालिकामा केहिदिन यता डेंगी,मलेरिया लगायतको संक्रमण देखापर्न थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि स्वास्थ्य कार्यालय पर्साले महानगरका वडाहरुमा विषादी र विषादी छर्कने स्प्रे ट्यांकी वितरण गरेको छ ।

सोमबार पहिलाो चरणमा स्वास्थ्य कार्यालय पर्साले वीरगन्ज महानगरका शहरी भेगका १६ वटा वडा (१ देखि १६) का लागि १३ लाख रुपैयाँ मुल्यको लामखुट्टे मार्ने बायोडाट नामक विषादी र उक्त विषादी छर्कने स्प्रे ट्यांकी १६ थान वितरण गरेको हो ।

वीरगन्ज–३ स्थित महानगरको शैक्षिक तालिम केन्द्रमा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्तीनारायण साहले वीरगन्ज महानगरका स्वास्थ्य महाशाखा प्रमुख अनिल यादव, सरसफाई महाशाखा प्रमुख सरफुदिन मियाँ र वडाध्यक्षहरुलाई विषादी र ट्यांकी प्रदान गरेका हुन् ।

अहिले महानगरको शहरी भेगमा डेंगीको संक्रमण देखा पर्न थालिसकेकाले त्यसैैलाई मध्यनजर गरेर पहिलो चरणमा शहरी भेगका १६ वटा वडामा विषादी र स्प्रे ट्यांकी वितरण गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।

डेंगी, कालाजार,मलेरिया,इन्स्फ्लाइटीस लगायतका संक्रमणको प्रकोप नियन्त्रणका लागि १६ वटा वडामा विषादी र ट्यांकी वितरण गरिएको र बाँकी १६ वटा वडामापनि दोश्रो चरणमा ती सामग्री वितरण गरिने उनले बताए ।
बाँकी १६ वटा वडाका वडाका वडाध्यक्ष,सरसफाई इन्चार्ज र महिला स्वंयसेविकालाई विषादी छर्ने विधीका बारेमा एक दिने तालिम दिएर विषादी र ट्यांकी वितरण गरिने उनले बताए ।

Related posts

मधेस सरकारले ल्यायो ४६ अर्बको बजेट, कुन मन्त्रालयले कति रकम पाए ?

MadhesKhabar

वीरगन्ज महानगरको अनुगमन समितिद्वारा दिनहुँ बजार अनुगमन

MadhesKhabar

बारामा उपेन्द्र यादवलाई चाँदीको मुकुट लगाएर सम्मान

MadhesKhabar

Leave a Comment