Madhes Khabar
समाज हेडलाइन

वीरगन्ज महानगरले यतिम खानाका बालबालिकालाई बाँड्याे सिरक

वीरगन्ज,२४पुष:वीरगन्ज महानगरपालिकाकाे सहयाेगमा यतिम खानाका बालबालिका र मस्जिदका माैलानाहरुलाई सिरक वितरण गरिएको छ।
वीरगन्ज महानगरकाे सहयाेग र वीरगन्ज मुस्लिम उत्थान समितिकाे आयाेजनामा ६० थान सिरक वितरण गरिएको हाे ।वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित यतिम खानाका २० जना बालबालिका र विभिन्न मस्जिदका ४० जना माैलानालाई सिरक वितरण गरिएको हाे।
मंगलबार बिहान यतिम खानामा आयाेजित कार्यक्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सिरक वितरण गरे।त्यसअवसरमा बाेल्दै मेयर सिंहले सामाजिक सदभाव बिगार्न केहि तत्वहरु सकृय रहेकाले त्यस्ता तत्वहरुकाट सचेत रहन वीरगन्जबासीलाई आग्रह गरे।
मेयर सिंहले सामाजिक सद्भाव कायम हुने गरि काम गर्न मुस्लिम अगुवाहरुलाई आग्रह गरे।उनले वीरगन्जबासीकाे विश्वास र भराेसा आँफुले कहिल्यैपनि टुट्न नदिने वाचापनि गरे।
अब्बार मंसूरीको अध्यक्षतामा कार्यक्रममा मौलाना असगर अली , शेष जलसोद्दीन , शेष लाल महम्मद , असरद कमाल , सलाउद्दीन मंसूरी , अफरोज आलम लगायतकोपनि उपस्थिति रहेको थियोे ।

Related posts

वीरगन्जका मस्जिदहरुमा महानगरले दियो गिजर मेशिन र कार्पेट

MadhesKhabar

भारतीय आर्केष्टाबाट चार नेपाली युवा युवतीलाई उद्दार गरेर वीरगन्ज ल्याइयाे

MadhesKhabar

फेरि मधेस आन्दोलन हुन्छ , वीरगन्जवासी तयार भएर बस्नु होला : सिके राउत

MadhesKhabar

Leave a Comment