Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जका मस्जिदहरुमा महानगरले दियो गिजर मेशिन र कार्पेट

वीरगन्ज,१२माघ : वीरगन्ज महानगरपालिकाले महानगरका सबै ३२ वटा वडामा रहेका मस्जिदहरुमा गिजर मेशिन र कार्पेट वितरण गरेको छ ।वीरगन्ज मुस्लिम उत्थान समितिको समन्वयमा महानगरपालिकाले ३२ वटै वडाका विभिन्न मस्जिदमा १/१ थान गिजर मेशिन र कार्पेट वितरण गरेको हो ।

अहिलेको बढ्दो चिसोमा तातो पानीको सेवा उपलब्ध होस् भनेर मस्जिदहरुमा गिजर मेशिन वितरण गरिएको महानगरपालिका मेयर राजेशमान सिंहले बताए । ‘मुस्लिम उत्थान समितिले नमाज पढ्न असहज भएको भनेर जानकारी गराए पछि उहाँहरुको सहजताका लागि महानगरका विभिन्न मस्जिदमा विद्युतीय गिजर मेशिन र कार्पेट उपलब्ध गराइएको हो,’ उनले भने ।

मुस्लिम समुदायको हकहितका लागि महानगरले स्थापना गरेको मुस्लिम उत्थान समितिले स्थलगत रुपमा नै पुगेर त्यहाँ अति आवश्यक पर्ने साधनहरु उपलब्ध गराउन महानगरसँग सहजिकरणको काम गरिरहेको वीरगन्ज मुस्लिम उत्थान समितिका अध्यक्ष अब्बास मन्सुरीले बताए ।

गिजर तथा कार्पेट वितरण कार्यक्रममा वीरगन्ज मुस्लिम उत्थान समितिका सदस्यहरू खुश महम्मद मियाँ, असरद कमाल, सलाउद्दीन मंसूरी, जबार अंसारी, अफरोज आलम लगायतकोपनि उपस्थिति रहेको थियोे ।

Related posts

वीरगन्जसहित पर्साका सबै नाका आजदेखि ३ दिनका लागि बन्द

MadhesKhabar

स्कार्पियोमा गाँजा तस्करी गर्ने नेपाल र भारतको गिरोह बाराबाट पक्राउ

MadhesKhabar

अभिभावक संघर्ष समितिको आपत्ति , तर मेयर सिंह भन्छन् : पहिले भन्दा शुल्क घटेको छ , आएर हेर्दा हुन्छ

MadhesKhabar

Leave a Comment