Madhes Khabar
राजनीति

बारा ४ ( ख) मा साेनल र श्रेष्ठकाे लहर

मधेसखबर
वीरगन्ज ,१९ कार्तिक : बारा क्षेत्र नम्बर ४ काे (ख) मा पाँच दलीय गठबन्धन प्रतिकाे जनलहर बढ्ने क्रममा एमाले र जसपा सयाैं नेता कार्यकर्ताहरु पार्टी परित्याग गरि गठबन्धनकाे पक्षमा लागेका छन् ।

सत्ता गठबन्धनबाट बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठ र ४ काे (ख) काे प्रदेशसभा सदस्यमा लाेसपाका उम्मेदवार जितेन्द्र साेनल छन् ।

यी दुवै उम्मेदवारकाे स्वच्छ छवि र लाेकप्रियताकै कारणा यस क्षेत्रमा एमाले र जसपाका नेता कार्यकर्ताहरु पार्टी परित्याग गरि गठबन्धनका उम्मेदवारलाई जिताउन लागेका छन् ।

शनिबार बाराकाे प्रसाैनी गाँउपालिका वडा नम्बर १ नकटुवा टाेलमा लाेसपाद्वारा आयाेजित पार्टी प्रवेश कार्यक्रममा एमाले र जसपाका गरि १०९ जना नेता कार्यकर्ता पार्टी परित्याग गरि पाँच दलीय गठबन्धनमा प्रवेश गरेका छन् ।

एमालेका सुरेश पटेल , रंजित पटेल, रामबाबु पटेल , ताराचन्द्र साह , जसपाका संतोष साह , प्रभु पटेलकाे नेतृत्वमा १०९ जना आ आफनाे पार्टी छाडेर पाँच दलीय गठबन्धनमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य उम्मेदवार किसान श्रेष्ठ र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र साेनलले अबीर टीका लगाएर गठबन्धनमा स्वागत गरे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै दुवै उम्मेदवारले पाँच दलीय गठबन्धनले नै मुलुककाे हित र समृद्धि गर्न सक्ने भएकाे बुझेर देशभरि नै गठबन्धनका पक्षमा लहर चलेकाे बताए । अबकाे निर्वाचनबाट पनि केन्द्र र प्रदेश दुवैमा पाँच दलीय गठबन्धन कै सरकार बन्ने दाबी गर्दै दुवै नेताले मतदातासंग भने, प्रतिगमनकारी र मधेस विराेधि एमाले र उसंग मिलेकाे जसपा याे चुनावबाट नराम्ररी पाखा लाग्दै छन् , किन कि जनता पाँच दलीय गठबन्धन कै पक्षमा छन् ।

Related posts

रास्वपाको कार्यक्रममा पहिलो पटक सहभागी हुन बालेन शाह माघ ५ गते जनकपुर जाने

MadhesKhabar

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका दुई नेताले छाडे पार्टी

MadhesKhabar

प्रधानमन्त्री ओली र खानेपानी मन्त्री यादवबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

MadhesKhabar

Leave a Comment