Madhes Khabar
राजनीति हेडलाइन

बिन्दवासिनीमा जसपाका प्रभावशाली युवा नेता चौरसियासहितका नेताहरु एमालेमा प्रवेश

वीरगन्ज,७ फागुनः पर्साको बिन्दवासिनी गाँउपालिकाका जसपाका युवा नेता तथा गाँउपालिका अध्यक्षका प्रत्याशीसमेत रहेका मधुसुदन चौरसिया नेकपा एमालेमा प्रवेश गरेका छन् । चौरसिया,२०७९ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेपाल सुशासन पार्टीका तर्फबाट बिन्दवासिनी गाँउपालिकाको अध्यक्षमा चुनाव लडेका थिए ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा चौरसिया एमालेमा प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले चौरसियालाई खादा लगाएर पार्टीमा स्वागत गरे । उक्त कार्यक्रममै चौरसियासंगै वकिल मियाँ, नन्दु साह कानु, सोयल अख्तर, प्रभु बैठा लगायतका नेताहरू पनि एमालेमा प्रवेश गरेका छन् ।

चौरसियासहितका नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै ओलीले देशको समृद्धि, सुशासन र विकासका लागि एमाले नै सक्षम र भरोसायोग्य राजनीतिक शक्ति भएको बताए । उनले पर्सा–३ बाट एमालेमा प्रवेश गरेका युवा नेता चौरसिया लगायतका नवप्रवेशी नेताहरूको आगमनले पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

गृहमन्त्री लेखकले भने : यतिका दिन भइसक्दा पनि वीरगन्जमा हैजा फैलिनुको कारण पत्ता लागेकोे छैन

MadhesKhabar

सरकारी विद्यालयमा मेयर सिंहको अनुगमन, एकै विद्यालयका २४ शिक्षक कारबाहीमा

MadhesKhabar

बारामा नेविसंघको समानान्तर समिति गठन

MadhesKhabar

Leave a Comment