काठमाडाैं,२५मंसिर:उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपालका केन्द्रीय सदस्य विकास तिवारीले पार्टी परित्याग गरेका छन् ।
बिहीबार उनले पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
पार्टीमा रहँदा समाजवादसँगै देश र मधेसको बारेमा जान्ने र बुझ्ने मौका पाएको भन्दै तिवारीले अध्यक्ष यादवलाई सम्बोधन गरी राजीनामा पत्र लेखेका छन् ।


