Madhes Khabar
राजनीति

पर्सामा जनमत पार्टीकाे जिल्ला समिति विस्तार, अध्यक्षकाे जिम्मा सर्राफलाई

वीरगन्ज,१६कार्तिक:पर्सामा जनमत पार्टीको जिल्ला समन्वय समिति विस्तार गरिएको छ ।विस्तारित जिल्ला समन्वय समितिकाे अध्यक्षकाे जिम्मेवारी ओमप्रकाश सर्राफले पाएका छन् ।सर्राफ यसअघि जिल्ला संयाेजक थिए ।

विस्तारित जिल्ला समन्वय समितिकाे उपाध्यक्षमा परवेज अख्तर,प्रमाेद यादव र अमरनाथ सिंह राठाैड,सचिवमा शशीभुषण पाण्डे र काेषाध्यक्षमा अभिषेक तिवारी रहेका छन् ।

विस्तारित ९७ सदस्यीय जिल्ला समन्वय समितिकाे सदस्यमा अजय तिवारी,अनुपमा यादव,अर्जुन महताे, अमिर मियाँ,केदार पटेल,कृष्णा गुप्ता,दुर्गा श्रेष्ठ,रेखा साेनी लगायतका रहेकाे जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंह र सहइन्चार्ज मुकेश द्विवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

Related posts

उपेन्द्र यादवको जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रो लिंगी हनिलाई बनायो उम्मेदवार

MadhesKhabar

डडेल्धुरामा देउवालाइ हराउन एमालेले काँग्रेस बिपीका मल्ललाइ समर्थन गर्ने

MadhesKhabar

नेकपा एसले २० लाख भाेट ल्याउछ: अध्यक्ष नेपाल

MadhesKhabar

Leave a Comment