Madhes Khabar
राजनीति

पर्सा २ का काँग्रेस उम्मेदवारको समर्थनमा उत्रिए गृहिणी महिलाहरु पनि

मधेसखबर
वीरगन्ज,११ कार्तिक : पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु मतदातासंगको भेटघाटमा व्यस्त रहेका छन् ।

दिनहु चुनावी घरदैलो गर्दै आएका काँग्रेसका प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेश सभा सदस्य उम्मेदवार श्याम पटेलले शुक्रबार पनि बिहानै देखि मतदाताको घरदैलोमा पुगेर आफनो पक्षमा मत मागेका छन् ।

शुक्रबार बिहान पर्सागढी नगरपालिका वडा नम्बर ५ को बहुअर्वा , पचरुखी र हर्दिया गाँउमा पुगेका चौरसिया र पटेललाई स्थानीयले अबीरको टिका र माला लगाउदै जितको आशीर्वाद नै दिएका छन् । पर्सागढी ५ मा शुक्रबार चुनावी घरदैलोका क्रममा खासगरि गृहणी महिलाहरुले स्वस्फूर्त रुपमा घरघरबाट निस्किएर दुवै उम्मेदवारलाई अबीरको टिका र फूलको माला लगाउदै जितको आशीर्वाद दिएको काँग्रेसका क्षेत्रीय सचिव रन्जित पटेलले बताए ।

गृहिणी महिला , बृद्धबृद्धा र युवाहरुले दर्शाएको आत्मीयता र समर्थनले आफुहरु निक्कै उत्साहित बनेको प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसियाले सन्चारकर्मीलाई प्रतिक्रिया दिए ।मतदाताको माझबाटै उनले भने ,‘ आज जनताले गरिरहेको यो समर्थन विगतमा मैले यस क्षेत्रमा कामको मुल्यांकन नै हो , अबका दिन अझ जनतामा समर्पित भएर काम गर्ने अठोट लिएको छु , जनताको भरोसा कदापि टुट्न दिन्न ।

यस्तै प्रदेशसभा सदस्य उम्मेदवार पटेलले पनि जनताबाट पाइरहेको स्वागत र समर्थनले जिम्मेदवार झन बढेको महसुस गरिरहेको प्रतिक्रिया दिए । उनले भने ,‘ जनता अब धेरै सचेत भइसकेका छन् , जनताको अबको रोजाइ भाषण गर्ने होइन काम गर्ने नेता नै हुन्छन् ।

घरदैलो कार्यक्रममा गठबन्धनमा आबद्ध पाच वटै दलका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

Related posts

उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी : सत्ता गठबन्धनबाटै तीन जना

MadhesKhabar

ठोरीको विजयबस्ती, निर्मलबस्ती र शिकारीबासमा पर्सा–४ का कांग्रेस उम्मेदवार रिजालको शक्ति प्रदर्शन

MadhesKhabar

पर्सा–२ मा रास्वपाको अगुवा कार्यकर्ता भेला सम्पन्न,सुशासनलाई पार्टीको मूल एजेन्डा बनाउन सुझाव

MadhesKhabar

Leave a Comment