Madhes Khabar
राजनीति

सांसद विकास कोष रोक्ने फैसलामा पुनर्विचार गर्न सर्वोच्चलाई सांसद यादवको आग्रह

काठमाडौं,२१चैतःजनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसद विकास कोष रोक्ने फैसलामा पुनर्विचार गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक यादवले जनताले आफ्ना निर्वाचन क्षेत्रका जनप्रतिनिधिहरूलाई चिन्ने भएकाले पनि सांसद विकास कोष न्यायालयले रोक्न नमिल्ने तर्क गरे । सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने काम भइरहेका बेला यादवले सांसद विकास कोष कार्यान्वयन नगर्न गरिएको फैसलामाथि पुनर्विचार गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका हुन् ।

उक्त कोष पूर्वाधार विकास कार्यक्रम भएकाले त्यसको कार्यान्वयन सरकारले गर्नेतर्फ पनि सर्वोच्च अदालतको ध्यानाकर्षण हुनुपर्ने उनले बताए । उनले व्यवस्थापिकाको काममाथि न्यायपालिकाले हस्तक्षेप गर्न नमिल्ने पनि बताए ।

प्रमुख सचेतक यादवले भने ‘म सम्माननीय सभामुख महोदयमार्फत सम्माननीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश लगायत सम्पूर्ण न्यायमूर्तिजीहरुलाई के अनुरोध गर्न चाहन्छु भने यो पूर्वाधार विकास कार्यक्रम जुन सर्वोच्च अदालतले रोकेको छ । यसमा पुनर्विचार गरेर यो कार्यक्रम फुकुवा गर्नु पर्यो । किनकि जनताको विकासको कार्यक्रम रोकिएको छ । जनताले आफ्नो सांसदलाई चिन्छ, खोज्छ । सांसदले आफ्नो क्षेत्रमा जाँदा खोज्छ खै मेरो सडक बनाइदिनु भयो माननीयजी भनेर ? मेरो स्कुल बनाइदिनु भयो माननीय जी । जनताले खोज्ने हामीलाई हो, न्यायमूर्तिलाई होइन । त्यसकारण सम्मानित सभामुखमार्फत सम्मानित सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रमुख सचेतक यादवले जनताले न्यायमूर्तिलाई नभई सांसदलाई खोज्ने भएकाले सांसदको अधिकार कटौती गर्ने गरी फैसला गर्न नमिल्ने जिकिर गरे ।

 

 

Related posts

कांग्रेस पर्साद्वारा शाखा प्रमुखहरु मनाेनित

MadhesKhabar

वीरगन्ज आएर शेखर काेइरालाले भने :कांग्रेस-एमाले मिलेर सत्ता चलाउने मेराे प्रयास बल्ल सफल भयाे

MadhesKhabar

संसदीय समितिको बैठकमै सभापति साहमाथि सांसद कुसारीले प्रहार गरिन् माइक र नेमप्लेट

MadhesKhabar

Leave a Comment