Madhes Khabar
राजनीति

सत्ता गठबन्धन भत्किन सक्ने ओलीको संकेत

काठमाडौं,२फागुन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्किने प्रति आशङ्का व्यक्त गरेका छन् ।काठमाडौंमा मङ्गलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारूढ गठबन्धन भत्किनेप्रति आशङ्का व्यक्त गरेका हुन् ।

उनले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शङ्का व्यक्त गरे । उनले देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न लागेका जिकिर पनि गरे ।

एमाले देशलाई बरबाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै अध्यक्ष ओलीले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताए । उनले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरू भइरहेको दाबी गरे ।

उनले भने – ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । तर हाम्रा पार्टीका साथीहरू प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ । तर कथम कदाचित यो स्थिति फेरियो भने ? संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको छ । बहुमत कसैको छैन । हामीसँग बहुमतभन्दा निकै तल सिट छ । र भित्रका, बाहिरका अनेक शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् । यो देश बर्बाद पार्न सबैभन्दा पहिले यदि कुनै डाकाले बैंकमा डकैती गर्नप¥यो भने पहिले पालेलाई प्रहार गर्छ । नेकपा एमाले यो देशमा डकैती गर्न नदिने गेटको पाले हो । त्यस कारण पहिले यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरु भइरहेका छन् ।’

Related posts

पर्सा-४ को एमाले महाधिवेशन प्रतिनिधि छनोटप्रति नेता थारूको आपत्ति

MadhesKhabar

मधेसी दल छाडेकी महिला नेतृ रम्भा मिश्रा काँग्रेसमा प्रवेश

MadhesKhabar

रेशम चौधरीको आममाफी अदालतमाथि बलमिच्याइँ : गगन थापा

MadhesKhabar

Leave a Comment