वीरगन्ज,११माघःपर्सा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रूंगटाले आइतबारदेखि आफ्नो चुनावी प्रचार अभियान सुरु गरेका छन् ।
आइतबार बिहान वीरगन्जको गहवामाई मन्दिरमा दर्शन र पूजापाठ गरेर रुंगटाले आफ्नो क्षेत्रमा ओैपचारिक रुपमा चुनावी प्रचार अभियान थालेका हुन्।
गहवामाई मन्दिरमा पूजापाठ गर्दै आशीर्वाद लिएर रुंगटाले आफ्नो चुनावी प्रचार अभियान सुरु गरेको उनको सचिवालयले जनाएको छ ।बिहान गहवामाई मन्दिरमा पुग्दा रुंगटाको साथमा पर्सा क्षेत्र नम्बर १ का नेताकार्यकर्ताहरुपनि पुगेका थिए ।

