Madhes Khabar
स्थानिय हेडलाइन

खानेपानीको समस्या समाधान गर्न संघ र प्रदेश सरकारसंग पर्साका दल र जनप्रतिनिधीहरुको माग

वीरगन्ज, ५ साउन : वीरगन्जमा शुक्रबार बसेको राजननीतिक दलसहितको सर्वपक्षीय बैठकले वीरगन्जसहित पर्सा जिल्लामा हालै देखा परेको खानेपानीको समस्या तत्काल समाधानका लागि संघ र प्रदेश सरकारसंग अनुरोध गरेको छ ।

जिल्ला समन्वय समिति पर्सामा शुक्रबार बसेको सर्वपक्षीय बैठकले संघीय सरकारको उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र मधेस प्रदेश सरकारको उर्जा , सिंचाई तथा खाननेपानी मन्त्रालयलाई इमेलबाट ज्ञापनपत्र पठाउँदै खानेपानीका साथै सिंचाईमा देखिएकोे समस्या समाधानका लागि माग गरेको हो ।

वीरगन्जसहित पर्सा जिल्लाभरमा केहिदिन यता चापाकलहरु सुक्न गइ खानेपानीको चरम अभाव सृजना हुनुका साथै वर्षा नहुदाँ र गण्डक नहरमा प्रयाप्त पानी नआउँदा सिंचाइको अभावले धान रोपाइपनि हुन नसकेको निष्कर्ष निकाल्दै यी दुवै समस्या तत्काल समाधानका लागि पहल गरिदिन संघ र प्रदेश सरकारसंग आग्रह गरेको हो ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा प्रदेश सभा सदस्य एंव नेपाली कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री , प्रदेश सभा सदस्यहरु श्याम पटेल र प्रमोद जयसवाल, जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन प्रसाद कुर्मी , पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रैगमी , नेकपा एमालेका नेता जय प्रकाश थारु , जसपाका जिल्ला सचिव तबरेज अहमद , बहुदरमाइ नगरपालिकाका मेयर सिंहासन साह तेली, विभिन्न वडाका वडाअध्यक्ष लगायतको सहभागीता थियो ।

Related posts

बालबालिकालाई निशुल्क ट्युसन पढाउने संस्थालाई उपकार सेवा नेपालको सहयोग

MadhesKhabar

पर्सामा विकास बजेट ४२ प्रतिशत मात्र खर्च

MadhesKhabar

सरसफाइमा थप कडा बन्दै वीरगन्ज महानगर,सडकका पाेल र भित्तामा पर्चा पम्प्लेट टाँस्न रोक

MadhesKhabar

Leave a Comment