Madhes Khabar
स्थानिय हेडलाइन

जिल्ला प्रशासन कार्यालय पर्सामा मिटरब्याजी सम्बन्धी हालसम्म १ हजार उजुरी दर्ता

फाइल फोटो

वीरगन्ज, ९ जेष्ठ : जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबारसम्म मिटरब्याजी सम्बन्धी १ हजार वटा उजुरी दर्ता भएको छ ।

गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय पर्साले वैशाख १५ गते सूचना निकालेर मिटरब्याजी पीडितहरूलाई निवेदन आह्वान गरेकोमा बैशाख १७ गतेदेखि पिडितहरुले निवेदन दिन सुरु गरेको र मंगलबारसम्म १ हजार वटा निवेदन दर्ता भएको जिल्ला प्रशासन कार्यालय पर्साका मिटरब्याजी पीडित सहायता कक्षका प्रमुख गौरीशंकर साहले जानकारी दिए ।

मिटरब्याजीहरुको कारण दुःख पाएको भन्दै हालसम्म १ हजार जना पिडितहरुले निवेदन दर्ता गराएको साहले जानकारी दिए ।निवेदन दर्ताका लागि अन्तिम म्याद गत सोमबारसम्म मात्र तोकिएको भएपनि निवेदन दिने पीडितहरूको चाप बढेकोले जेष्ठ १४ गतेसम्म निवेदन लिने गरी समय थप गरिएको साहले बताए । जेष्ठ १४ गते सम्म निवेदन लिने र त्यसपछि निवेदनहरुमाथि जाँच बुझ गरी माथिल्लो निकायमा सिफारिस गरेर पठाउने पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

सरकारले मिटरब्याजीविरुद्ध अध्यादेशमार्फत कानुन बनाइ ठगी गर्ने सुदखोरहरूलाई कानुनी कारबाही गर्ने निर्णय गरेपछि देशभरका मिटिरब्याजी पीडितहरूले न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिईरहेका छन् ।

गरिबी र सोझोपनको फाइदा उठाउँदै साहुहरूले दिएको रकमको तिहाइ, चौथाइ कपाली कागज गराउनाका साथसाथै जग्गासमेत आफ्नो नाममा साहुहरूले दर्ता गराई अन्याय गरेको अधिकांश पीडितले उजुरीमा उल्लेख गरेका छन् ।

Related posts

वीरगन्ज : मनोज ग्यासको सिलबन्दी सिलिण्डरमै भेटियो ४ किलो कम ग्यास

MadhesKhabar

पर्सामा १० केजी गाँजासहित माेटरसाइकल चालक पक्राउ

MadhesKhabar

खानेपानी मन्त्री यादवको निर्देशनमा पोखरिया बजारका ४ स्थानमा डीप बोरिङ जडान

MadhesKhabar

Leave a Comment