Madhes Khabar
कृषि हेडलाइन

बढ्याे किसानले बिक्री गर्ने धानकाे मुल्य

काठमाडौं,२९असार: सरकारले किसानले बिक्री गर्ने धानको मूल्य बढाएर नयाँ न्यूनतम मूल्य तोकेको छ ।

२६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषि र उद्योग मन्त्रालयको सिफारिसमा मोटा धानको मूल्य प्रति क्विन्टलकाे ३ हजार १९८ रुपैयाँ र मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको हो ।

नयाँ मूल्यअनुसार मोटा धान प्रतिक्विन्टलमा ३३० रुपैयाँ र मध्यम धानको मूल्य २३४ रुपैयाँले बढेको छ ।

गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ९०२ रुपैयाँ थियो । गत वर्ष सरकारले ढिला गरी १६ कात्तिकमा धानको सर्मथन मूल्य तोकेको थियो ।

तत्कालीन नेकपाका नेता घनश्याम भुसाल कृषि मन्त्री भएपछि पहिलो पटक बाली लगाउनु पूर्व नै बालीको न्यूनतम सर्मथन मूल्य तोक्ने कार्यको थालनी भएको थियो ।

अहिले धान रोपाइँ चलिरहेकै बेला तोकिएको धानको न्यूनतम मूल्यले किसानलाई लाभ मिल्ने विश्वास गरिन्छ ।

Related posts

वीरगन्जमा कल सेन्टर खोलेर विदेशमा समेत अनलाइन ठगीको धन्दा चलाउने चिनियाँ गिरोह पक्राउ

MadhesKhabar

हत्याको बदला लिन यादवको हत्या आफन्तले नै गरेको खुलाशा

MadhesKhabar

स्कार्पियोमा गाँजा तस्करी गर्ने नेपाल र भारतको गिरोह बाराबाट पक्राउ

MadhesKhabar

Leave a Comment