Madhes Khabar
खेलकुद हेडलाइन

भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

वीरगन्ज,१८ भदौं : एसिया कप २०२३ मा आज नेपालले भारतसँग खेल्दै छ।खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। भारतले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो। नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल हुनेछ।

श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो।

नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो। भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए।

समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर-फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ।

केही गरी आजको खेल वर्षाले रद्द भए भारत सुपर फोरमा पुग्नेछ। आजको मौसमको पूर्वानुमानअनुसार पल्लेकेले मैदानमा खेल सुरु हुने समयमा वर्षा हुने सम्भावना न्यून छ। तर साँझ पछि भने पानी पर्ने सम्भावना देखिएको छ।

पाकिस्तानविरूद्धको खेलमा नेपालले सुरुवातमा राम्रो बलिङ देखाएको थियो। तर अन्तिम ओभरतिर पाकिस्तानी ब्याटसम्यान नेपाली बलरमाथि हाबी भएका थिए। ब्याटिङमा पनि नेपाली ब्याटरले पाकिस्तानी बलरसामू खुलेर खेल्न सकेनन्।

भारतविरुद्ध पनि नेपालले सुरुवातदेखि नै अनुसाशित बलिङ गर्न पर्ने देखिन्छ। यस्तै ब्याटिङमा नेपालले भारतीय बलरविरुद्ध अपनाउनु पर्ने रणनीतिमा ध्यान दिनु पर्नेछ। विशेषगरी नेपाली ब्याटरका लागि तीव्र गतिका बलरको सामना गर्नु चुनौतीपूर्ण हुनेछ।

Related posts

नवरात्रकाे चाैथाे दिन आज चन्द्रघण्टा देवीकाे पूजा आराधना गरिदैं

MadhesKhabar

एसिया कप क्रिकेटको सुपर फाेरमा आज भारत र पाकिस्तान भिड्दै

MadhesKhabar

विपी उद्यानको जग्गा खाली गराउन वीरगन्ज महानगरले फेरि चलायो डोजर

MadhesKhabar

Leave a Comment