वीरगन्ज,२८ भदौं : जिल्ला प्रशासन कार्यालय पर्साले आज(शनिबार) देखि लागू हुनेगरी निषेधाज्ञा र कफ्र्यू आदेशको समय हेरफेर गरेको छ ।शनिबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्जमा आजदेखि दिनभर निषेधाज्ञा र रातभर कफ्र्यू लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए ।
उनका अनुसार, बैठकले बिहान ५ देखि राति ९ बजेसम्म निषेधाज्ञा र राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यू लगाउने निर्णय गरेको हो ।स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जारी गरिएको निषेधाज्ञा ५ बजेदेखि रााति ९ बजेसम्म रहनेछ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यू रहनेछ । निषेधाज्ञामा बजार ततथा पसलहरु खोल्न पाइने , सवारीसाधन चलाउन पाइने तर कुनैपनि ठाँउँमा मानिसहरु भेला हुन नपाउने , कुनैपनि किसिमको भिड, जुलुश, र्याली, सभा, प्रदर्शन इत्यादि गर्न नपाइने प्रजिअ सुवेदीले बताए ।
कफ्र्यूमा भने पहिलाका जस्तै घर बाहिरसमेत निस्कन नपाइने र त्यसको उल्लंघन गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनीपनि स्थानीय प्रशासनले दिएको छ ।

