Madhes Khabar
समाचार

पोखरीमा डुबेर सर्लाहीमा एक महिलाको मृत्यु

hand on table

मधेसखबर
वीरगञ्ज , साउन २६ गते । पोखरीमा डुबेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ।

पोखरीमा डुबेर २१ वर्षीया अर्चना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ भाँडसर स्थित राम जानकी मन्दिरको सार्वजनिक पोखरीमा डुबेर अर्चनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

भारतको सीतामढी जिल्ला ग्राम पंचायत जयनगर अररियामा घर भएकी यादव माइती घर सर्लाहको मलंगवामा बस्दै आएकी थिइन्।

शवको मुचुल्का गरी प्रादेशिक अस्पताल मलंगवाको शवगृहमा राखिएको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

बारामा माेटरसाइकल दुर्घटना हुदाँ एक युवककाे मृत्युु

MadhesKhabar

सय दिनको कार्यप्रगति सुनाउँदै सामान्य प्रशासनमन्त्री गुप्ताले भने : सुशासनमा जोड दिएको छु

MadhesKhabar

मकवानपुरमा ट्रक दुर्घटना हुदाँ वीरगन्जका एक युवकको मृत्यु

MadhesKhabar

Leave a Comment