Madhes Khabar
समाचार

वीरगन्जमा तस्करीका तीन ट्रक सामान सशस्त्र प्रहरीद्धारा बरामद

मधेसखखबर
वीरगन्ज,२५ असोज : वीरगन्जबाट सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर ल्याइएका सामान लोड गरिएका सामाान सहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर २४ डाइपोटर्ट स्थित रामगढवाबाट सोमबार राति ना ३ ख १००९, ना ६ ख ७१ र ना ६ ख १८७८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

 

भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी कस्मेटीक, लेडिज जुत्ता, स्टेसनरी तथा ईलेक्ट्रिक सामान लोड गरिएको तीन वटा ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल १३ नंबर हेड क्वाटरका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए । पोखरेलले तीन वटै ट्रकबाट बरामद भएका सामानको मुल्य २३ लाख ४८ हजार ८ सय ५८ रुपैयाँ रहेको तीन वटै ट्रकको मुल्य ९० लाख पर्ने अनुमान गरिएको बताए ।

 

तीन वटा ट्रक र सामान सहित कूल १ करोड १३ लाख ४८ हजार ८ सय ५८ रुपैयाको मुल्यांकन गरि आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको उनले जानकारी दिए ।

वीरगन्जको जय माँ दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ३ ख १००९ नम्बरको ट्रकमा लोड भएको सामानको मुल्य १० लाख ५४ हजार ६ सय ३६, श्री दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ६ ख ७१ नम्बरको ट्रकमा लोड गरिएको सामानको मुल्य ९ लाख ३२ हजार ६ सय ८० र श्री दुर्गारोड क्यारियर्सबाट लोड भएको ना ६ ख १८७८ नम्बरको ट्रकमा राखिएको सामानको मुल्य ३ लाख ६१ हजार ५ सय ३७ रुपैयाँ कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Related posts

पटेर्वासुगौलीमा शिक्षक संघको आयोजनामा दशैंको शुभाकामना कार्यक्रम सम्पन्न

MadhesKhabar

पर्साको जगतियाबाट गाजा सहित दुइ जना पक्राउ

MadhesKhabar

पर्साका युवा नेता कञ्चन झा काँग्रेसको केन्द्रीय प्रचार समितिमा मनोनीत

MadhesKhabar

Leave a Comment