Madhes Khabar
समाचार

पर्साको जगतियाबाट गाजा सहित दुइ जना पक्राउ

फाइल फोटो

मधेसखबर
वीरगन्ज,२५ असोज : पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सेढवाबाट प्रहरी नायव निरिक्षक प्रकाश महतोको नेतृत्वमा खटिएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर १ जगतियाबाट ९ केजी गाजा सहित दुइ जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धोबिनी गाउँपालिका वडा नम्बर १ का ४५ बर्षिय नन्दलाल दास र छिपहरमाइ गाउँपालिका वडा नम्बर ३ का ३३ बर्षिय बाघा यादव रहेका छन् ।

बीआर २२ के २१८० नम्बरको मोटरसाइकलमा सवार भइ ठोरी गाउँपालिकाको बिजयबस्ती बाट आउदै गरेको अवस्थामा दुवै जनालाइ प्रहरीले पक्राउ गरेको हो ।गाजा सहित पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ ।

Related posts

पर्साको सेमरबारीबाट गाँजा सहित पासवान पक्राउ

MadhesKhabar

पर्साको हुलाकी सडकबाट सशस्त्र प्रहरीद्वारा गाँजासहित दुई जना पक्राउ

MadhesKhabar

विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट खानेपानी मन्त्रालय : मन्त्री यादव

MadhesKhabar

Leave a Comment