Madhes Khabar
समाचार

तस्करी आशंकामा वीरगन्जबाट साढे २६ लाखको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज,२६चैतःभारतबाट राजश्व छलेर ल्याइएको आशंकामा प्रहरीले वीरगन्जबाट २६ लाख भन्द्या बढी मूल्यको सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट ना ३ ख ४५०९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । उक्त ट्रकबाट कपडा र खुद्रा सामान गरी २६ लाख ५९ हजार ३३५ रुपैयाँ मूल्यको सामान बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेले जानकारी दिए ।

सामान सहितको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले बताए ।

Related posts

वीरगन्जमा बिपद सम्बन्धित कृत्रिम घटना अभ्यास तथा तालीम सम्पन्न

MadhesKhabar

वीरगन्ज आउँदै गरेकाे टाटासुमाे बारामा दुर्घटना हुदाँ १ जनाकाे मृत्यु,८ जना घाइते

MadhesKhabar

बीपी कोइरालाको स्मृति दिवसमा वीरगन्जको अपौनीमा वृक्षारोपण

MadhesKhabar

Leave a Comment