Madhes Khabar
समाचार

नेपाल निजामती कर्मचारी संगठन पर्साकाे अध्यक्षमा राैनियार सर्वसम्मत चयन

वीरगन्ज,२५माघ:नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन पर्साकाे अध्यक्षमा सुनिल कुमार राैनियार चयन भएका छन्।वीरगन्जमा बिहीबार अबेर सम्पन्न नेपाल निजामती कर्मचारी संगठन पर्साकाे १२ ओैं जिल्ला अधिवेशनबाट अध्यक्षमा राैनियार सर्वसम्मत चयन भएका हुन्।

यस्तै संघकाे पर्सा उपाध्यक्षमा सुशील यादव र सृष्टि बिष्ट,सचिवमा मणदीप यादव,सहसचिवमा हृदयनारायण पर्वत र काेषाध्यक्षमा सुशील कुमार यादव चयन भएका छन्।यसैगरी सदस्यमा अमन पटेल,सृजना बुढाथोकी,प्रभाष साह,रविन्द्र ठाकुर,निरन्जन पटेल,सुरेन्द्र साह,राम जनम यादव,मुकेश यादव,कविता ताेलामी र कविकान्त कुशवाहा चयन भएका छन्।

यसैगरी केन्द्रीय प्रतिनिधिमा अर्जुन अधिकारी,साेनी सिंह,सिमा चाैहान,शिवकुमार कुशवाहा,चन्द्रदेव साह,अकलेश सहनी,प्रदीप कुर्मी र दिलिप पटेल चयन भएका छन्।

Related posts

सात दशक पुरानै संरचनामा सिमरा विमानस्थल

MadhesKhabar

वीरगन्जमा हुण्डीको ६ लाख ७१ हजार रकमसहित ३ जना पक्राउ

MadhesKhabar

बहुदरमाई–२ मा अमिताभ बच्चन दासको घरदैलो सम्पन्न, जनसमुदायको उत्साहजनक सहभागिता

MadhesKhabar

Leave a Comment