Madhes Khabar
राजनीति समाचार

बहुदरमाई–२ मा अमिताभ बच्चन दासको घरदैलो सम्पन्न, जनसमुदायको उत्साहजनक सहभागिता

वीरगन्ज ७ ,फागुन: परिवर्तनका लागि युवा र भरोसाको केन्द्रका रूपमा चिनिँदै आएको प्रगतिशील लोकतान्त्रिक पार्टीका पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दासले आज बहुदरमाई नगरपालिका वडा नम्बर–२ अन्तर्गत सिसयारी र बैरिया गाउँमा घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार दासले स्थानीय जनसमुदायसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजनाहरू र प्रतिबद्धताबारे जानकारी गराएका छन् ।

जनताले “आज जसरी सधैं जनतासँग भेटघाट गर्दै जनताको समस्या बुझिरहनुहोस्” भन्ने सुझाव समेत दिएका छन् ।
उम्मेदवार दासले जिल्लालाई कृषि तथा व्यापारिक हबका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै, जितपछि जनअपेक्षा अनुसार काम गर्ने बताएका छन्।

कार्यक्रममा स्थानीय युवाहरू, अगुवाहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

Related posts

वीरगन्ज–१८ का वडाध्यक्ष तिवारीसंगै वडासदस्यहरु एमालेमा प्रवेश, पूर्वमन्त्री यादवले गरे स्वागत

MadhesKhabar

नवनिर्वाचित राष्ट्रपति पाैडेलले आज शपथ लिदैं

MadhesKhabar

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

MadhesKhabar

Leave a Comment