Madhes Khabar
राजनीति

नवनिर्वाचित राष्ट्रपति पाैडेलले आज शपथ लिदैं

काठमाडौं ,२९फागुन:नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज साेमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा दिउँसो १ बजे पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । तर,हाल प्रधानन्यायाधीश नियुक्त नभएकाले कायममुकायम प्रधानन्यायाधीश कार्कीले शपथ खुवाउनेछन्।

पौडेलको शपथ ग्रहणपछि उनको औपचारिक पदावधि सुरू हुनेछ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरेका थिए। मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए।

Related posts

ओली निवासमा चार दलकाे बैठक शुरु, प्रचण्ड पनि सहभागी

MadhesKhabar

काठमाडौंका मेयर बालेन शाहले दिए राजीनामा

MadhesKhabar

जसपा नेपालले सरकार छाड्ने बारे भोलि औपचारिक निर्णय गर्छ : प्रवक्ता सुमन

MadhesKhabar

Leave a Comment